सिटिजन्स बैंकद्वारा जेष्ठ नागरिकलाई खाना प्रदान

काठमाडौं ।    सिटिजन्स बैंक इन्टरनेसनल ले काठमाडौंको मीनभवनस्थित निःसहाय सेवा सदन जेष्ठ नागरिक आवास गृहका ४० भन्दा वढी वृद्धवृद्धालाई खाना सहयोग गरेको छ ।

स्थापनाकालदेखि नै बैंकले आफ्नो बार्षिक उत्सवको उपलक्ष्यमा जेष्ठ नागरिकलाई खाना प्रदान गर्दै आएको छ  । यसैको निरन्तरता स्वरूप यस वर्ष पनि बैंकले उक्त कार्यक्रम संचालन गरेको हो ।

बैंकले देखाएको यस अग्रसरताले जेष्ठ नागरिकको सामाजिक संरक्षण हुने कुरा  बैंकका नायव प्रमुख कार्यकारी अधिकृत तथा प्रवक्ता गणेश राज पोखरेलले बताए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री