news

किम जोङलाई ट्रम्पको जवाफ, मसँग अझ ठूलो परमाणु स्वीच छ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आक्रामक भाषामा उत्तर कोरियाली नेता किम जोङलाई जवाफ दिएका छन् ।राष्ट्रपति ट्रम्पले ट्वीटरमा लेखेका छन्, ‘किम जोङलाई कसैले भनोस् कि एक परमाणु स्वीच मसँग पनि छ  र मेरोले काम पनि गर्छ ।’ यसअघि नयाँ वर्षको अवसरमा गरेको सम्बोधनमा किमले अमेरिकालाई चेतावनी दिँदै परमाणु बम लञ्च गर्ने स्वीच आफ्नो डेस्कमा नै हुने बताएका थिए ।

पुरा पढ्नुहॊस »

प्रभु बैंकको २ अर्ब ३५ करोडको हकप्रद माघ ७ गतेदेखि निष्कासन हुने

काठमाडौं । प्रभु बैंकको हकप्रद सेयर आउदो माघ ७ गतेदेखि  हुने निष्कासन भएको छ । बैंकले चुक्तापुँजी बढाउन ४० प्रतिशत अर्थात २ अर्ब ३५ करोड २५ लाख रुपैयाँ बराबरको २ करोड ३५ लाख २५ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । सेयर निष्कासन फागुन १३ गते बन्द हुने बैंकले जनाएको छ । सेयर निष्कासनपछि बैंकको चुक्तापुँजी ८ अर्ब २३ करोड ४९ लाख रुपैयाँ पुग्ने छ।हाल बैंकको पुँजी ५ …

पुरा पढ्नुहॊस »

खाजा खान गएका एक युवकको शंकास्पद मृत्यु

भक्तपुर । चाँगुनारायण नगरपालिका–७, बागेश्वरीस्थित टप्पादुफोमा रहेको  रिसोर्टमा साथीसँग खाजा खान गएका एक युवकको मंगलबार साँझ शंकास्पद मृत्यु भएको छ । मृत्यु हुनेमा भक्तपुर नगरपालिका–८, जेंला बस्ने ३२ वर्षीय समीर भन्ने नारायणप्रसाद सैंजु रहेका छन् । साथीहरुले अचेत अवस्थामा घर पु¥याएका समीरलाई भक्तपुर च्याम्हसिंहस्थित जनस्वास्थ्य क्लिनिकमा उपचारका लागि लगिएकोमा त्यहाँका चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् । स्रोतका अनुसार प्रहरीले मृतकका अर्का साथी बाबुकाजी छवाजुलाई पनि नियन्त्रणमा लिएको छ ।

पुरा पढ्नुहॊस »

आइएमई ग्रुपका अध्यक्षको बाग्लुङ महोत्सव सम्बोधन

काठमाडौं । आइएमई ग्रुपका अध्यक्ष एवं नेपाल उद्योग बाणिज्य महासंघकाउपाध्यक्ष चन्द्रप्रसाद ढकालले बागलुङ महोत्सव–२०७४ लाई गएको शुक्रबार बागलुङमा सम्बोधन गरेका थिए । ‘कला संस्कृतिको संरक्षण, कृषि, पर्यटन, उद्योग तथा व्यापारको प्रवद्र्घन’ भन्ने मूल नाराका साथ आयोजना गरिएको प्रदेश नम्बर ४ स्तरीय कृषि, पर्यटन, औधोगिक व्यापार मेला तथा बाग्लुङ महोत्सवलाई आइएमई ग्रुपले सह–प्रायोजन समेत थियो । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले बाग्लुङमा धेरै पहिलादेखि नै रेमिटेन्स भित्रिंदै आएको र त्यहि रेमिटेन्सले …

पुरा पढ्नुहॊस »

दीपायललाई प्रदेश राजधानी तोक्न माग गर्दै डोटीमा अनिश्चितकालीन बन्द

डोटी । प्रदेश ७ काे अस्थायी मुकाम  धनगढी बनाउने प्रस्ताव सरकारले गरेसँगै डोटीबासीले बन्दलगायत  संघर्षका कार्यक्रम सार्वजनिक गरेका हुन् । सरकारले अस्थायी प्रदेश राजधानी औपचारिक रुपमा नतोके पनि यसको प्रस्ताव मंगलबार गरेकाे थियाे  । सम्भवतः अब बस्ने मन्त्रिपरिषद् बैठकले प्रदेश राजधानी तोक्ने छ । बुधबार बिहान बसेको प्रदेश नं. ७ को राजधानी दिपायल संघर्ष समिति बैठकले अनिश्चितकालीन जिल्ला बन्द गर्ने निर्णय गरेको हाे । बन्द आह्वान गरेसँगै दिपायल, पिपल्लालगायतका मुख्य …

पुरा पढ्नुहॊस »

अमेरिकालाई किम जोङ उनको धम्कीः परमाणु बमको स्वीच मेरो डेस्कमा छ

काठमाडौं । उत्तर कोरियाका नेता किम जोङ उनले अमकेरिकालाई चेतावनी दिँदै भनेका छन् कि न्यूक्लियर (परमाणु) बम लञ्च गर्ने स्वीच उनको डेस्कमा रहनेछ । टीभीमा नयाँ वर्षको भाषणमा किम जोङ उनले पुरा अमेरिका उत्तर कोरियाको परमाणु हतियारको दायरामा रहेको बताए । उनले भने, ‘यो धम्की होइन, वास्तविकता हो ।’   छिमेकी देश दक्षिण कोरियाप्रति भने नरम देखिएका छन् र सम्वादका लागि खुला रहेको संकेत दिएका छन् । उनले भने, ‘सोल …

पुरा पढ्नुहॊस »

नेपाली टोपी नेपालको पहिचान, मनाइयो टोपी दिवस

काठमाडौं । विगत ५ वर्ष देखि अंग्रेजी वर्षको पहिलो दिनलाई नेपाली टोपी दिवस मनाएको छ । पाँचौं नेपाली टोपी दिवसको अवसरमा आयोजक जागरुक युवा अभियानले काठमाडौँको माइतीघर मण्डलामा भेला भई  त्यहाँबाट भद्रकाली, शहिदगेट हुँदै शान्तिबाटिका पुगेर कोणसभा गरेको थियो । कार्यक्रममा सबै उमेर समुहका कलाकार, विद्यार्थी, पत्रकार तथा विभिन्न पेशाकर्मीहरुको उल्लेख्य सहभागिता रहेको थियो । सहभागीहरुले ‘नेपाली मन, नेपाली पन, नेपाली टोपी हाम्रो शान’, ‘नेपाली टोपीः मेरो गौरव, मेरो पहिचान’ लगायतका नारा लेखिएका प्लेकार्ड …

पुरा पढ्नुहॊस »

स्वस्थानी व्रत आजदेखि सुरु

काठमाडौं ।पौषशुक्ल पूर्णिमा अर्थात् आजदेखि एक महिनासम्म सम्पूर्ण हिन्दू नेपालीका घरघरमा श्री  स्वस्थानी व्रत आजदेखि सुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ । पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको शुरुवात हुन्छ । सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाऊँ’ भनी बालुवाको शिवलिङ्ग बनाई श्री स्वस्थानीको व्रत गर्नुभएको र मनोकाङ्क्षा पूर्ण भएपछि …

पुरा पढ्नुहॊस »

स्ट्याण्डर्ड चाटर्ड बैंकको सेयर मूल्य समायोजन

काठमाडौं । स्ट्याण्डर्ड चाटर्ड बैंकको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडले बैंकको सेयर मूल्य समायोजन गरेर प्रतिकित्ता ९५० रुपैयाँ कायम गरेको हो ।

पुरा पढ्नुहॊस »

चिर्पटले हानेर श्रीमानको हत्या

गोरखा।  गोरखाको भीमसेन गाउँपालिका–८  बोर्लाङकी  ६५ वर्षीया हिरादेवी श्रेष्ठले आफ्नै श्रीमानको  चिर्पट प्रहारबाट  हत्या गरेकी छिन   । शनिबार साँझ घरमै  चिर्पट प्रहार गरी ६७ वर्षीय श्रीमान केयरमान श्रेष्ठको हत्या गरे लगत्तै हिरादेवीले प्रहरी चौकीमा पुगेर आत्मसमर्पण गरिन् । श्रीमानसँग घरायसी झगडा भएको र आवेशमा आएर हत्या गरेको हिरादेवीले प्रहरीसमक्ष स्वीकारेकी छिन  ।‘घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

पुरा पढ्नुहॊस »