काठमाडौं । ग्लोबल आइएमई बैंकले ११ औँ वार्षिकोत्सवको अवसरमा गत शनिबारका दिन वित्तीय साक्षरता जगाउने उद्धेश्यले बाग्लुङ्ग जिल्लाको बुर्तिबाङ्गमा “वित्तिय साक्षरता कार्यक्रम” सञ्चालन गरेको छ ।
बाग्लुङ जिल्लाको ढोरपाटनमा सम्पन्न उक्त कार्यक्रममा बैंकका “तालिम तथा बैंक बिज्ञ” पुर्णमान नापितले बैंक तथा वित्तियको बारेमा जानकारी दिए ।
कार्यक्रममा विद्यार्थी, व्यापारी, सरकारी तथा गैह्र सरकारी कर्मचारी, आमा समूह तथा अन्य स्थानीयबासीहरु सहित एक सय जनाभन्दा बढीको उपस्थिती रहेको थियो ।
साथै, बैंकले शनिबारदेखि नै बाग्लुङ जिल्लाको निसीेखोलामा आफ्नो ६५ औँ शाखारहित बैकिङ सेवा शुरु गरेको छ । उक्त स्थानमा खोलिएको सेवाको लागि स्थानिय अनिल कुँवरलाई व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको छ ।
कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेका यि दुवै क्षेत्रका बासिन्दा बैंकिङ सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरि बैंकले शाखारहित बैंकिङ सेवा सुरु गरेको हो ।




