news

संखुवासभामा जिप दुर्घटना ,गाउँपालिका प्रमुख खडग सहित ५ जनाकोे मृत्यु

संखुवासभा । संखुवासभाको मकालु गाउँपालिका ३ सामटार भन्ने स्थानमा अाइतबार पिकअप भेन दुर्घटना हुदा ५ जनाकाे मृत्यु भएकाे छ । जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार बा ५ च १६०९ काे बाेलेराे दुर्घटनामा परेको छ । दुर्घटनामा मकालु गाउँपालिका अध्यक्ष खडग कटुवाल सहित ५ जनाकाे घटनास्थलमै मृत्यु भएकाे जनाइएकाे छ । दुर्घटनामा ५ जनाकाे मृत्यु भएपनि दुर्इजनाकाे मात्रै सनाखत भएकाे जनाइएकाे छ ।  मकालु गाउँपालिकाका अध्यक्ष खडग कटुवाल र साेहि स्थान निवासी सुरेस …

पुरा पढ्नुहॊस »

स्वयम्भूबाट माइक्रोबस चोरी

काठमाडौं । काठमाडौंको स्वयम्भूबाट शनिबार राति एउटा माइक्रोबस नै चोरी भएको छ । काठमाडौं महानगरपालिका १५, स्वयम्भूस्थित हुलाक घर अगाडि पार्किङ गरी राखेको ठाउँबाट बा.१ ज ८१७१ नम्बरको माइक्रोबस चोरी भएको प्रहरीले जनाएको छ । माइक्रोबस चालक नुवाकोट घर भई हाल गोंगबु बस्ने सञ्जिन तामाङसहित दुई जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  

पुरा पढ्नुहॊस »

माछापुच्छ्रे बैंकको शाखारहित बैंकिङ सेवा गजुरीमा

काठमाडौं । माछापुच्छ्रे  बैंकले गजुरी गाँउपालिका  २, मलेखुमा आफ्नो शाखा रहित बैंकिङ सेवा   सुरु गरेको छ । बैंकले यूकेएड सक्षमसँगको सहकार्यमा सो स्थानमा शाखा रहित बैंकिङ सेवा सुचारु गरेको जानकारी दिएको छ । यो सहित बैंकको हालसम्म १२शाखा रहित बैंकिङ सेवा सुचारु भईसकेको छ । ग्राहक सेवा केन्द्रको रुपमा संचालित सो शाखारहित सेवा केन्द्रहरुबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिटेन्स भूक्तानी, साथै कर्जा आवेदन गर्ने समेत व्यवस्था गरेको …

पुरा पढ्नुहॊस »

जनता बैंकको १४.४ प्रतिशत बोनस सेयर पारित

काठमाडौं । जनता बैंक नेपाल लिमिटेडको आठौ वार्षिक साधारणसभा सम्पन्न भएको छ । संचालक समितिका अध्यक्ष  केशवबहादुर रायमाझीको अध्यक्षतामा सम्पन्न साधारणसभाले आ.ब. २०७३/०७४ को मुनाफाबाट चुक्ता पँुजीको १४.४ प्रतिशत बोनस सेयर वितरण गर्ने संचालक समितिको प्रस्ताव पारित गरेको छ । जसअनुसार, बैंकले एक अर्ब ७० लाख ९१ हजार नौ सय ३५ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने भएको छ । बोनस सेयर वितरण गरेपछि जनताको चुक्तापँुजी आठ अर्ब पुगेको छ । …

पुरा पढ्नुहॊस »

सिन्धुपाल्चोकमा ट्रिपर दुर्घटना हुँदा, दुई जनाको मृत्यु

सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको चौतारामा  ट्रिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा मृत्यु हुनेमा  लिसंखुपाखर-७ निवासी शशीकुमार लामा छन् भने मृतक अर्का एकजनाको सनाखत हुन सकेको छैन । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी विलराज कणेलका अनुसार निर्माण सामग्री लिएर चौताराबाट गिदाने जाँदै गरेको ट्रिपर गएराति सडकबाट करिब १०० मिटर तल खसेको थियो ।

पुरा पढ्नुहॊस »

हिमालयन बैंक लिमिटेडको २५औं वार्षिक साधारण सभा सुसम्पन्न

काठमाडौं ।  हिमालयन बैंक लिमिटेडको पच्चीसौं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । बैंक संचालक समितिका अध्यक्ष मनोज बहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त साधारण सभाले शेयरधनीहरुलाई २५ प्रतिशत बोनस शेयर र १.३१५८ प्रतिशत नगद गरी कुल २६.३१५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । यो बोनस शेयरको वितरण पश्चात बैंकको चुक्ता पूँजी ८ अर्व ११ करोड ४५ लाख २९ हजार पुग्ने  छ । सोही अवसरमा अध्यक्ष श्रेष्ठले  ग्राहकवर्गले …

पुरा पढ्नुहॊस »

डिशहोमका च्यानलहरु लोकप्रिय हुँदै

काठमाडौं ।  डिशहोमले आफ्ना ग्राहकहरुको लागि थप मनोरञ्जनात्मक सामाग्रीहरु प्रशारण गर्ने क्रममा आफ्नै नयाँ च्यानलहरुको प्रशारण सुरु गरिहेको छ । २०७४ असोज ४ गते दरबार मार्ग स्थित होटल अन्नपुर्णमा आयोजित रमाइलो नाइट नाम दिइएको च्यानल शुभारम्भ समारोहमा सुचना तथा सञ्चार मन्त्री मोहन बहादुर बस्नेतको प्रमुख आतिथ्यमा डिशहोमले “रमाइलो टिभि” र “एक्सन स्पोर्टस्” च्यानलको प्रशारण सुरु गरेको हो , डिशहोमको च्यानल नं १०४ मा प्रशारण हुने रमाइलो टिभिमा नयाँ नेपाली हाँस्य …

पुरा पढ्नुहॊस »

स्वदेशी उत्पादनको बृद्विमा जोड दिनुपर्दछ–चन्द्रप्रसाद ढकाल

पोखरा । आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले आयातमुखी अर्थतन्त्रलाई विस्थापन गर्न स्वदेशी उत्पादनको बृदि गर्नुपर्ने कुरामा जोड दिएका छन् । कास्की उद्योग वाणिज्य संघको आयोजनामा पोखरामा आयोजित राष्ट्रिय औद्योगिक व्यापार मेला– २०७४ लाई विशिष्ट अतिथीको रुपमा सम्बोधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष समेत रहेका ढकालले उक्त कुरा उल्लेख गरे । ४ नम्बर प्रदेश श्रोत र साधनले सम्पन्न रहेको उल्लेख गर्दै सम्भावना भएका औधोगिक उत्पादनमा सहकार्य गर्न नेपालको नीजि क्षेत्र …

पुरा पढ्नुहॊस »

प्राइम कमर्सियल बैंकले २७ प्रतिशत बोनस शेयर दिने

काठमाडौं । प्राइम कमर्सियल बैंकले आफना शेयरधनीहरुलाई २७ प्रतिशत बोनस शेयर दिने निर्णय गर्दै दशौ बार्षिक साधारण सभा सम्पन्न गरेको छ । बैंकले आर्थिक वर्ष २०७३र७४ को चौथो त्रैमासमा मुनाफा १ अर्ब ४८ करोड २८ लाख रुपैयाँ कमाएको थियो ।

पुरा पढ्नुहॊस »

बैंक अफ काठमाण्डूद्धारा दुई शाखा विस्तार

काठमाडौं ।  बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो सेवा तथा सुविधाहरुलाई थप विस्तार गर्ने उद्देश्यले बिराटचोक तथा इमाडोलमा आफ्नो शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको छ । विराटचोक शाखा कार्यालय बैंकका संचालक प्रा.डा. हेमराज सुबेदी, मध्यप्रदेश सभाका राजकुमार ओझा तथा उद्योग वाणिज्य संघ सुन्दर हरैचाका अध्यक्ष नवराज चापागाईँको उपस्थितमा उद्घाटन गरिएको  थियो भने इमाडोल शाखा कार्यालय  बैंकका संचालक संजय बहादुर शाह तथा महालक्ष्मी नगरपालिका वडा नं. १ का वडा अध्यक्ष नन्द कुमार न्यौपानेको …

पुरा पढ्नुहॊस »