विश्वकप क्रिकेट छनौट खेलमा स्थान सुरक्षित बनाएको नेपाली टोली स्वदेश फर्कियो

काठमाडौं । आइसिसी विश्व क्रिकेट लिग डिभिजन दुईको उपविजेता बन्दै एक दिवसीय विश्वकप क्रिकेटको छनोट चरणमा स्थान सुरक्षित बनाएको नेपाली टोली स्वदेश फर्किएको छ ।

नेपाली राष्ट्रिय टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्व खेलकुदमन्त्री दलजित श्रीपाइली, नेपाल क्रिकेट संघका पदाधिकारीले स्वागत गरेका थिए ।

विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्काले आगामी दिनका खेलहरु नेपालका लागि झनै चुनौती बन्दै गएकाले नेपाली क्रिकेटको विवाद समाधान गरी आगामी दिनमा आइपर्ने चुनौतीको सामना गर्न नेपाल तयार रहनुपर्ने बताए । आगामी फागुन २० गतेदेखि जिम्बाब्वेमा शुरु हुने विश्वकप छनोट प्रतियोगितामा यो प्रतियोगिताभन्दा झनै सुधारिएको प्रदर्शन गर्ने  उनको भनाइ छ ।

डिभिजन टुको उपविजेता बनेको नेपालले अब मार्च ४ देखि जिम्वावेमा हुने वल्र्ड कप क्वालिफायरमा समूह बी मा प्रतिस्पर्धा गर्नेछ । नेपालले मार्च ४ मा कघरेलु टोली जिम्वावेसँग पहिलो खेल खेल्नेछ । यसैगरी नेपालले अफगानिस्तान, स्कटल्याण्ड र हङकङसँग पनि समूह चरणमा प्रतिस्पर्धा गर्नेछ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

नेपालले ओमानलाई ५६ रनले हरायो

काठमाडौं । क्यानडामा जारी त्रिकोणात्मक टि–ट्वान्टी सिरिजमा नेपालले ओमानलाई पराजित गरेको छ । क्यानडाको किङ …

प्रतिकृया दिनुहॊस