माओवादी संसदीय दलको नेतामा प्रचण्ड चयन

काठमाडौं । माओवादी संसदीय दलको नेतामा प्रचण्ड चयन भएका छन् । आइतबार बसेको संसदीय दलको बैठकले पार्टी अध्यक्ष प्रचण्डलाई दलको नेतामा चयन गरेको हो ।

सिंहदरवारमा बसेको बैठकमा प्रचण्डले समानुपातिक सांसद बनेकाहरुलाई प्रमाणपत्र पनि वितरण गरेका थिए । प्रचण्डले एमालेसँगको एकता प्रक्रियाबारे सामान्य जानकारीसमेत गराएका थिए । सांसद देवेन्द्र पौडेलका अनुसार प्रचण्डले एमालेसँग एकताको कोशिस भइरहेको बताए पनि विस्तृतमा खुलाएनन् ।

आइतबार पनि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग एकताकै विषयमा आफूले छलफल गर्न लागेको प्रचण्डले जानकारी गराएका थिए ।

अनलाइनखबर

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री