काठमाडौं । प्रदेश ६ मा ७ सदस्यीय मन्त्रिमण्डल बनेको छ । नेकपा एमाले र माओवादी केन्द्रले मन्त्रीहरुको टुंगो लगाएपछि मन्त्रिपरिषद्ले पूर्णता पाउन लागेको हो । मन्त्रीहरुको शपथ खुवाउने कार्यक्रम आजै रहेको छ ।
आन्तरिक मामिला तथा कानून मन्त्रीको जिम्मेवारी माओवादीबाट निर्वाचित जुम्लाका सांसद नरेश भण्डारीले पाएका छन् । भण्डारी मुख्यमन्त्रीका दावेदार थिए ।
आर्थिक मामिला तथा योजना (अर्थ) मन्त्रीको जिम्मेवारी सल्यानबाट निर्वाचित एमालेका प्रकाश ज्वालाले पाएका छन् भने सुर्खेतका खड्क खत्रीले भौतिक पूर्वाधार विकास मन्त्रालय, हुम्लाका दल रावलले सामाजिक विकास मन्त्रालय र डोल्पाका नन्दसिंह बुढाले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएका छन् । उनीहरु सबै एमालेबाट निर्वाचित सांसद हुन् ।
रुकुमबाट समानुपातिक सांसद बनेकी विमला केसीले माओवादीका तर्फबाट भूमि व्यवस्थापन, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएकी छन् । विमला बाहेक अरु सबै मन्त्रीहरु प्रत्यक्ष निर्वाचित सांसद हुन् ।
प्रतिकृया दिनुहॊस