टेलिकमले ल्यायो फ्रिडम प्याक, २५ रुपैयाँमा एक घण्टा कल

काठमाडौं ।  नेपाल टेलिकमले   फागुन ७ गते मनाइने प्रजातन्त्र दिवसको अवसरमा आफ्ना ग्राहकहरुका लागि ‘फ्रिडम प्याक’ उपलब्ध गराएको छ । कम्पनीका जीएसएम र सीडीएमए मोबाइलका ग्राहकहरुले सो प्याकको उपयोग एक घण्टासम्म अनलिमिटेड रुपमा गर्न सकिने  छ ।

जीएसएम तथा सीडीएमएका ग्राहकले सो प्याक खरिद गरेपछि ६० मिनेटसम्म कम्पनीको नेटवर्क भित्र अनलिमिटेड कल गर्न, एसएमएस पठाउन र डाटा चलाउन सक्ने छन् । सो प्याक २५ रुपैयाँमा खरिद गर्न सकिने छ । प्याक आइतबारदेखि आगामी  फागुन ८ गतेसम्म खरिद गर्न सकिने छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री