news

आज सोनाम ल्होसार मनाइँदै

काठमाडौं । तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।आज नेपाल तामाङ घेदुङ लगायत संस्थाले टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना  गरी मनाइँदै छ । सोनाम ल्होसार महोत्सवका नाममा तामाङ खाना, भेषभूषा, कला संस्कृति लगायतको प्रदर्शन पनि गरिनेछ । सरकारले आज सोनाम ल्होसारको अवसरमा सार्वजनिक बिदा  दिएको छ ।

पुरा पढ्नुहॊस »

एनआईसी एशिया बैंकको भाइबर बैकिङ्ग सेवा

काठमाडौं । एनआईसी एशिया बैंकले भाइबर बैकिङ्ग सेवा संचालनमा ल्याएको छ। उक्त भाइबर बैकिङ्ग सेवा ग्राहकले सहज रुपमा आफ्नो मोबाइल, ल्यापटप, ट्याबलेट, कम्प्युटर लगायतबाट प्रयोग गर्न सक्ने बैंकले जनाएको छ । भाइबर बैकिङ्ग सुबिधा लिनको लागि भाइबर एप्लिकेशन मार्फत एनआईसी एशिया बैंकको शाखा कार्यालयहरु तथा एटिएम संञ्जालहरु बारे जानकारी, कर्जाको आवश्यक कागजपत्र, बैकिङ्ग समय, बिदेशी बिनिमयदर, बैंकको व्याजदर सम्बन्धि जानकारी एवं बैंक सम्बन्धि अन्य आवश्यक जानकारी सजिलै प्राप्त गर्न सक्ने …

पुरा पढ्नुहॊस »

भक्तपुरमा व्यवसायीकाे हत्या

भक्तपुर ।  भक्तपुरकाे चाँगुनारायण नगरपालिका-९, ताथलीमा एक जना व्यवसायीकाे बुधबार बिहान हत्या भएकाे छ ।स्थानीय ५५ वर्षीय सीताराम सैंजूको हत्या भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानमा ढुंगाले हानेर हत्या गरेको खुलेकाे छ । मृतकको टाउकोको पछाडि गम्भीर चोट लागेको प्रहरीले जनाएकाे छ । हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले  ३ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ । शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्ज …

पुरा पढ्नुहॊस »

प्रदेश राजधानी माग्दै अनिश्चितकालीन दाङ बन्द

दाङ । प्रदेश पाँचको राजधानी दाङलाई बनाउन माग गर्दै जिल्लाबासीले  आजदेखि अनिश्चितकालीन बन्द सुरु गरेका छन् । बिहानैदेखि घोराही, तुलसीपुर, लमही, भालुबाङ, बिजौरीमा स्थानीयबासीले टायर बालेर प्रदर्शन गरिरहेका छन् ।लामो तथा छोटो दुरीका गाडी, उद्योगधन्दा, कलकारखाना सबै बन्द छन् ।बन्दका कारण जनजीवन प्रभावित भएको छ ।

पुरा पढ्नुहॊस »

मन्त्रिपरिषद् बैठक : प्रदेश प्रमुख र अस्थायी केन्द्र तोक्ने तयारी

काठमाडौं । मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख र अस्थायी केन्द्र तोक्ने तयारी गरेको छ । प्रधानमन्त्रीनिकट स्रोतका अनुसार अाज १० बजे  बस्ने मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख तोक्नुका साथै प्रदेशको कार्य सञ्चालन गर्ने गरी अस्थायी केन्द्र तोक्न लागेको हो। प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक सहमतिका आधारमा प्रदेश प्रमुख र अस्थायी केन्द्र तोक्ने बताउँदै आए पनि सहमति जुट्न नसकेपछि यी दुवै निर्णय आफैँ गर्न लागेका हुन्। यही निर्णय गर्न देउवाले आज नौ बजे मन्त्रिपरिषद् बैठक …

पुरा पढ्नुहॊस »

ताम्राकार कम्प्लेक्समा केटिएम मोबाइल खरिदमा ४५ प्रतिशतसम्मको छुट

काठमाडौं। न्यूरोडमा अवस्थित ताम्राकार मोबाइल कम्प्लेक्समा रहेको  सबैभन्दा पुरानो मोबाइल एक्सचेन्ज हाउस केटिएम मोबाइल नयाँ अवधारण अनुसार सोमबारदेखि संचालनमा आएको छ । नयाँ शोरुमको समुद्घाटन  एक कार्यक्रमका बीच  मोबाइल फोन इम्पोटर एशोसिएसन नेपालका अध्यक्ष तथा आईएमएस ग्रुपका अध्यक्ष दिपक मल्होत्राले गरे । मल्होत्राले नेपाली मोबाइल बजारमा अस्वस्थ्य प्रतिस्पर्धा हुँदै गएको भन्दै आगामी दिनमा मोबाइल अपरेटिङ्ग प्राइस(एमपीओएस) लागू गर्ने तयारीमा रहेको जानकारी दिए । शोरुममा नेपालका लोकप्रिय र चर्चित ब्राण्डका हरेक मोडलका …

पुरा पढ्नुहॊस »

लायन्स क्लवद्वारा अनाथालयलाई विभिन्न सामग्री प्रदान

 काठमाडौं । लायन्स क्लवका संस्थापक मेल्विन जोनको जन्मोत्सवको साता व्यापी कार्यक्रम अन्तर्गत लायन्स क्लवद्वारा बाराको कलैया स्थित अमृता अनाथालयमा विभिन्न सामग्री प्रदान गरिएको छ । लायन्स क्लव अफ वीरगंज राइजिङको तत्वाधानमा अमृता अनाथालयमा रहेका बालबालिकाहरुकालागि पाठ्यसामग्री, खेलकुद सामग्री, लुडो, चेस, क्यारेम बोर्ड, ब्याडमिन्टन, ब्याटबल, स्किपिङ रोप, टेबल टेनिस, जाडोको लागि हिटर, कम्बल, जाडोको लुगा,खाद्य सामग्री, फलफूल, लड्डु, मिठाई चकलेट इत्यादी वितरण गरिएको लायन्स क्लवका एम्बेसडर अफ गभर्नर एवं मेल्विन जोनको जन्मोत्सव …

पुरा पढ्नुहॊस »

नेपाल कतार व्यवसायी संघको अध्यक्षमा चौलागाइ

कतार । कतारको अलिसान रेष्टुरेण्टमा सम्पन्न नेपाली व्यवसायीहरुको भेलाले नेपाल कतार व्यवसायी संघ कतारको स्थापना गरि अध्यक्षमा महेन्द्र चौलागाइ सर्वसहमतिले चैन गरेको छ । यसै गरी, डा. देवकाजि डंगोल संरक्षक रहने गरी उपाध्यक्षहरुमा आरके शर्मा, नरेन्द्र भाट, राज रेग्मी, समिर मास्के र गोविन्द के.सि. रहेका छन् भने महासचिव सागर नेपला, सचिव उमेश अधिकारी, सह–सचिव रमेश भट्ट र कोषध्यक्ष चुडामणी कार्की चैन भएको छ । सदस्यहरुमा नविन सत्याल, डा. नितेस अर्याल, स्याम …

पुरा पढ्नुहॊस »

ग्लोबल आइएमई बैंकको शाखा बाग्लुङ्गको बुर्तिवाङ्गमा

काठमाडौं ।ग्लोबल आइएमई बैंक लिमिटेडले बाग्लुङ्ग जिल्लाको बुर्तिवाङ्गमा रहेको शाखाको औपचारिक उद्घाटन गरेको छ । उक्त शाखाको ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्र प्रसाद ढकाल र बाग्लुङ्ग जिल्ला निर्वाचन क्षेत्र नंं. २ का प्रतिनिधि सभा सदस्य देवेन्द्र पौडेलले संयुक्त रुपमा उद्घाटन  गरेका छन् । त्यस्तै सोहि शाखामा खोलिएको एटिएम सेवाको ढोरपाटन नगरपालिकाका मेयर देव कुमार नेपालीले उद्घाटन गरे । उक्त शाखा उद्घाटन समारोहमा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले सबैका लागि बैंक भन्ने …

पुरा पढ्नुहॊस »

आज भूकम्प सुरक्षा दिवस मनाइँदै

काठमाडौं । विगत वर्षझैँ यस वर्ष पनि भूकम्प सुरक्षा दिवस मनाइँदैछ । वि.सं. १९९० को महाभूकम्प र त्यसबाट पुगेको जनधनको क्षतिको स्मरण गर्दै आगामी दिनमा भूकम्पका कारण हुने जनधनको क्षति न्यूनीकरण गर्न जनचेतना फैलाउने र सुरक्षाका उपाय अवलम्बन गर्ने उद्देश्यले २०५५ सालदेखि माघ २ गतेलाई भूकम्प सुरक्षा दिवसका रुपमा मनाइँदै आएको हो । यस वर्षको भूकम्प सुरक्षा दिवसको नारा ‘सबल समुदाय र स्थानीय सरकारः भूकम्पीय सुरक्षाको बलियो आधार’ राखिएको छ ।आज …

पुरा पढ्नुहॊस »