केपी शर्मा ओली आज बालुवाटार सर्दै

काठमाडौं । प्रधानमन्त्री नियुक्त हुनुभएका केपी शर्मा ओली  आज साँझ चार बजे बालुवाटारस्थित सरकारी निवास सर्ने हुनु भएको छ ।

प्रधानमन्त्री ओली सरकारी निवास सर्ने भएपछि बिगत झै त्यहाँको भवन विभागले भने स्वागत कार्यक्रम राखेको छ ।नयाँ प्रधानमन्त्री आउने भएपछि प्रधानमन्त्रीको सरकारी निवासमा विशेष सरसफाइ गरिएको छ ।

केही समय अगाडी प्रधानमन्त्रीका रुपमा कांग्रेस सभापति शेरबहादुर देउवा बस्दै आउनु भएको निवासमा नयाँ प्रधानमन्त्रीका रुपमा केपी शर्मा ओली जानु हुने भएपछि सरकारी निवासमा विशेष सरसफाई गरिएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री