माेहन सिपाडाेल

एनआरएनएद्वारा कमलामाई नपालाई सिन्धुलीगढी पुनर्निर्माण गुरुयोजना हस्तान्तरण

काठमाडौं । गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टले सिन्धुलीगढी पुनर्निर्माण गुरुयोजना कमलामाई नगरपालिकाका मेयर श्री खड्ग बहादुर खत्रीलाई हस्तान्तरण गरेका छन् । विगतमा गैरआवासीय नेपाली संघ र कमलामाई नगरपालिकाबीच सिन्धुलीगढी जिर्णोद्वार एवम् पुनर्निर्माण गुरुयोजना तयार पार्ने सम्बन्धमा भएको सहमति अनुसार तयार पारिएको गुरुयोजना भट्टले खत्रीलाई हस्तान्तरण गरेका हुन् । हाल जिर्ण अवस्थामा रहेको सिन्धुली गढीको ऐतिहासिक महत्व उजागर गर्ने गरी उक्त गढीका संरचनाहरु पुनर्स्थापना गर्ने उद्देश्यले सबै सम्बन्धित पक्षसँग छलफल …

पुरा पढ्नुहॊस »

नेकपाको सचिवालय बैठक जारी

काठमाडौं । हिजो स्थगित भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान ११ बजेदेखि बैठक बसिरहेको छ । बैठकमा पार्टी एकीकरण, जनसंगठनहरूको एकीकरण, सरकार र संसद्को कामको समीक्षा, पोलिटब्युरो, केन्द्रीय विभाग र केन्द्रीय निकायहरूको गठनलगायतका करिब एक दर्जन एजेन्डा माथी छलफल हुने कार्यसूची रहेको छ । यस्तै, बैठकमा प्रचण्डको भोलि हुने भारत भ्रमणका विषयमा समेत छलफल हुने जनाइएको छ ।

पुरा पढ्नुहॊस »

भारतीय नेता यचुरी काठमाडौंमा

काठमाडौं । भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी) का महासचिव सीताराम यचुरी आज काठमाडौं आएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आयोजना गर्ने चियापान कार्यक्रममा सहभागी हुन उनी बिहीबार बिहान काठमाडौं आएका हुन् । यचुरीलाई नेकपाका नेता कृष्णगोपाल श्रेष्ठ र विष्णु रिजालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् । उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव विष्णु पौडेल लगायतसँग भेट्ने कार्यक्रम …

पुरा पढ्नुहॊस »

सुनको मूल्य उकालो लाग्दै

काठमाडौं । आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । आज बजारमा छापावाला सुन प्रतितोला ६० हजार ४ सय रुपैंयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन प्रतितोला ६० हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजावी सुन प्रतितोला ६० हजार १ सय रुपैंयाँमा कारोबार भईरहेको छ । चाँदी आज स्थिर रहँदै प्रतितोला ७५० रुपैयाँमै कारोबार भईरहेको महासंघले जनाएको छ …

पुरा पढ्नुहॊस »

विदेशी मुद्राको विनिमयदर: आज कस्तो छ ? (सुची हेर्नुहोस्)

काठमाडौं । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर यस प्रकार छ ।

पुरा पढ्नुहॊस »

नेप्से परिसूचक सामान्य अंकले उकालो लाग्यो

काठमाडौं । नेप्से परिसूचक सामान्य अंकले उकालो लागेको छ । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ८ दशमलव ०९ अंकले बढेर १ हजार २ सय ४९ दशमलव ९३ को बिन्दुमा कारोबार बन्द भएको छ । आज १५२ कम्पनीका ८ लाख ९१ हजार ६०९ कित्ता शेयर किनबेच भई २३ करोड २८ लाख रुपैयाँ बराबरको कारोबार भएको हो । कारोबारमा आएका १० सबै उपसूचकहरुमा हरियाली छाएको छ । सबैभन्दा धेरै होटल समूहको …

पुरा पढ्नुहॊस »

भद्रकाली आयल स्टोर्सलाई २ लाख जरिवाना

काठमाडौं । सरकारले काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका –९, गोठाटारको भद्रकाली आयल स्टोर्सलाई रु दुई लाख जरिवाना गरेको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, नापतौल विभाग र नेपाल आयल निगमका पदाधिकारीले अनुगमन गर्दा स्टोर्सले कम परिमाणमा तेल बेचेको भेटिएपछि रु दुई लाख जरिवाना गरेको हो । विभागको टोलीले आज गरेको अनुगमनका क्रममा सो स्टोरले प्रतिलिटरमा २५ देखि ३५ एमएल इन्धन ठगी गरेको पाइएको थियो । यस्तै नोजलबाट मापदण्ड अनुसारको …

पुरा पढ्नुहॊस »

बङ्गलादेश बैंक र खल्तीबीच डिजिटल भुक्तानीका लागि सम्झौता

काठमाडौं । नेपाल बङ्गलादेश बैंक र खल्ती डिजिटल वालेटबीच मोबाईल भुक्तानी गर्ने सहकार्य भएको छ । बैंक र खल्तीबीच मोबाईल भुक्तानीमा सहकार्य गर्ने सम्बन्धीसम्झौता पत्रमा हस्ताक्षर भएपछि यी दुईको सहकार्य भएको हो । उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट डेपुटी सीईओ सुरेन्द्र भूषण श्रेष्ठ र खल्तीका तर्फबाट डाइरेक्टर अमित अग्रवालले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार अब बङ्गलादेश बैंकका ग्राहकहरुले मोबाईल बैंकिङ तथा इन्टरनेट बैंकिङ सेवा प्रयोग गरी ‘खल्ती’मा सजिलै पैसा …

पुरा पढ्नुहॊस »

मुक्तिनाथ विकास बैंकले गर्यो प्रहरीलाई साईकल सहयोग

रुपन्देही । मुक्तिनाथ विकास बैंकले नेपाल प्रहरीलाई साईकल सहयोग प्रदान गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कञ्चन ३ हरैया रुपन्देहीस्थित अस्थाई प्रहरी पोष्ट प्रतापपुरलाई दुई थान साईकल प्रदान गरेको हो । बैंकको रुपन्देही हरैयाका शाखा प्रमुख बाबुराम आचार्यले कञ्चन ३ हरैया रुपन्देहीस्थित अस्थाई प्रहरी पोष्ट प्रतापपुरका इन्चार्ज, प्रहरी नायब निरिक्षक श्री बासुदेब गिरीलाई उक्त साईकल हस्तान्तरण गरेका हुन् ।

पुरा पढ्नुहॊस »

मुक्तिनाथ विकास बैंकले गर्यो विद्यालयलाई प्रिन्टर सहयोग

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले डडेलधुराको एक विद्यालयलाई प्रिन्टर सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत श्री जनता उच्च माध्यामीक विद्यालय, डडेलधुरालाई सहयोग पुग्ने गरी बुढालिनकण्ठ विद्यालयको जुनिएर रेडक्रस क्लबलाई एक थान प्रिन्टर सहयोग गरेको हो । उक्त प्रिन्टर बैंकको बजार बजारीकरण विभागका प्रमुख बसन्त बक्सीले बुढालिनकण्ठ विद्यालयको जुनिएर रेडक्रस क्लबका अध्यक्ष नवदिप प्रधानलाई हस्तान्तरण गरेका छन् ।

पुरा पढ्नुहॊस »