काठमाडौं । एनआइसी एसिया बैंकले फेरि ४ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्ने भएको छ ।
बैंकले एक हजार रुपैयाँ अंकित दरमा ४० लाख कित्ता ऋणपत्र जारी गर्न नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई बिक्री प्रबन्धकको जिम्मेवारी दिएको छ ।
‘११ प्रतिशत एनआइसी एशिया ऋणपत्र २०८५/८६’ नाम दिइएको १० बर्ष अवधिको उक्त ऋणपत्रमा बार्षिक ११ प्रतिशत ब्याजदर (अर्धवार्षिक रुपमा) भुक्तानी गरिने बैंकले जनाएको छ ।
४ अर्ब बराबरको ऋणपत्रमध्ये ८० प्रतिशतले हुन आउने ३ अर्ब २० करोड व्यक्तिगत र २० प्रतिशतले हुन आउने ८० करोड सर्वसाधारणका लागि छुट्याइएको छ । नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि ऋणपत्र निष्कासन खुला गरिने बैंकले जनाएको छ ।
सेवा विस्तार गर्ने क्रममा लगानी बढाउन,वित्तीय तथा आर्थिक गतिविधिलाई विस्तार गर्न, बैंकको पूरक पूँजीकोष वृद्धि गरेर पूँँजीगत आधार मजबुत बनाउने उदेश्य अनुरुपको कार्य गर्ने प्रयोजनका लागि पूँजी संकलन गर्न ऋणपत्र जारी गरिन लागेको बैंकले जनाएको छ ।
प्रतिकृया दिनुहॊस