भारतीय चर्चित टेलिभिजन शो सीआइडी बन्द हुँदै

भारत । बिगत २१ वर्ष देखि प्रसारित भारतीय चर्चित टेलिभिजन शो सीआईडी अब बन्द हुने भएको छ ।

सन् १९९७ जनवरी २१ तारिखका दिन सुरु भई अनवरत रुपमा चल्दै आएको पपुलर शो को अन्तिम एपिसोड आगामी २७ अक्टोबरका दिन आएपछि बन्द हुने भएको हो ।

च्यानलमा केही समस्या आएकै कारण सीआईडी ग्रुपले यो गम्भीर निर्णय लिएको हुन सक्ने अनुमान भारतीय मिडियाले गरेका छन् ।

चर्चित कार्यक्रम बन्द गर्ने विषयमा सोनी टेलिभिजनले एक वक्तव्य जारी गर्दै यो २० वर्ष पूरानो शो २८ अक्टोबरबाट केही समयका लागि मात्रै बन्द हुने हो, सीआईडी पुनः नयाँ स्वरुपमा आउँने बताएको छ ।

सञ्चार माध्यममा आएको खबरसँगै सीआईडीका फ्यानहरुले सामाजिक सञ्जालमा कार्यक्रम नियमित देखाउन माग पनि गरेका छन् ।

१५४६ एपिसोड प्रशारण भईसकेको सीआईडी बन्द हुनुमा निर्देशक र टेलिभिजन च्यानलबीच सम्बन्ध बिग्रिएको हुनसक्ने अनुमान गरिएको छ ।

बारेमा माेहन सिपाडाेल

यॊ पनि हेर्नुहॊस

दीपेन्द्रको ‘दुःखी आत्मा’ भ्यालेन्टाइन डेमा

काठमाडौं । चलचित्र ‘दुखी आत्मा’ले रिलिज डेट लिएको छ । निर्देशक दीपेन्द्र लामाका अनुसार यो …

प्रतिकृया दिनुहॊस