एकैसाथ चार थपिए माछापूच्छ्रे बैंकको शाखारहित बैंकिङ सेवा

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले चितवन र गोरखामा ४ शाखा रहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ ।

बैंकले चितवनको इच्छाकामना गाँउपालिका (हातीवाङ्), गोरखाको गण्डकी गाउँपालिका, गोरखाको गोरखा नगरपालिका (छेपेटार) र गोरखाकै पालुङटार नगरपालिकामा थप ४ शाखा रहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको हो ।

ग्राहक सेवा केन्द्रको रुपमा संचालित शाखा रहित सेवा केन्द्रहरुबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिट्यान्स भूक्तानी, साथै कर्जा आवेदन गर्ने समेत व्यवस्था गरिएको छ ।

बैंकले नेपालमै पहिलो पटक तुरुन्त ९रियल टाइममा० खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराएको छ ।

यी चारसहित माछापुच्छ्रे बैंकको हालसम्म ३७ शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा आइसकेको बैंकले जनाएको छ ।

बारेमा माेहन सिपाडाेल

यॊ पनि हेर्नुहॊस

क्लासिक टेकमा नेपालभरि रोजगारीको अवसर

काठमाडौँ । देशकै अग्रणी तथा ठुलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिकले देशैभरि विभिन्न तहका कर्मचारीको …

प्रतिकृया दिनुहॊस