काठमाडौं । सरकारले काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका –९, गोठाटारको भद्रकाली आयल स्टोर्सलाई रु दुई लाख जरिवाना गरेको छ ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, नापतौल विभाग र नेपाल आयल निगमका पदाधिकारीले अनुगमन गर्दा स्टोर्सले कम परिमाणमा तेल बेचेको भेटिएपछि रु दुई लाख जरिवाना गरेको हो ।
विभागको टोलीले आज गरेको अनुगमनका क्रममा सो स्टोरले प्रतिलिटरमा २५ देखि ३५ एमएल इन्धन ठगी गरेको पाइएको थियो ।
यस्तै नोजलबाट मापदण्ड अनुसारको तेल बिक्री गर्ने व्यवस्था नभएसम्म स्टोरलाई पेट्रोल बिक्री वितरणमा समेत रोक लगाइएको वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले जनाएको छ ।
प्रतिकृया दिनुहॊस