रुपन्देही । मुक्तिनाथ विकास बैंकले नेपाल प्रहरीलाई साईकल सहयोग प्रदान गरेको छ ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कञ्चन ३ हरैया रुपन्देहीस्थित अस्थाई प्रहरी पोष्ट प्रतापपुरलाई दुई थान साईकल प्रदान गरेको हो ।
बैंकको रुपन्देही हरैयाका शाखा प्रमुख बाबुराम आचार्यले कञ्चन ३ हरैया रुपन्देहीस्थित अस्थाई प्रहरी पोष्ट प्रतापपुरका इन्चार्ज, प्रहरी नायब निरिक्षक श्री बासुदेब गिरीलाई उक्त साईकल हस्तान्तरण गरेका हुन् ।
प्रतिकृया दिनुहॊस