बङ्गलादेश बैंक र खल्तीबीच डिजिटल भुक्तानीका लागि सम्झौता

काठमाडौं । नेपाल बङ्गलादेश बैंक र खल्ती डिजिटल वालेटबीच मोबाईल भुक्तानी गर्ने सहकार्य भएको छ ।

बैंक र खल्तीबीच मोबाईल भुक्तानीमा सहकार्य गर्ने सम्बन्धीसम्झौता पत्रमा हस्ताक्षर भएपछि यी दुईको सहकार्य भएको हो ।

उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट डेपुटी सीईओ सुरेन्द्र भूषण श्रेष्ठ र खल्तीका तर्फबाट डाइरेक्टर अमित अग्रवालले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार अब बङ्गलादेश बैंकका ग्राहकहरुले मोबाईल बैंकिङ तथा इन्टरनेट बैंकिङ सेवा प्रयोग गरी ‘खल्ती’मा सजिलै पैसा लोड गर्न र विभिन्न वस्तु तथा सेवाहरुको भुक्तानी गर्न सकिनेछ ।

प्रविधिको प्रयोग गरेर ग्राहकहरुले मोबाईलबाटै सबै किसिमका सेवाहरु प्राप्त सकिने बैंकका डेपुटी सिइओ सुरेन्द्र भूषण श्रेष्ठले बताए ।

सन २०१७ जनवरी २६ बाट नेपाली बजारमा आरम्भ भएको ‘खल्ती’ पेमेन्ट गेटवे हो । यसको एप प्रयोग गरी मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इण्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म टिकट, प्लेन टिकट, होटेल रुम बुकिङ तथा अन्य थुप्रै सेवाहरुको मोबाइल बाटै भुक्तानी गर्न सकिने व्यवस्था छ ।

बारेमा माेहन सिपाडाेल

यॊ पनि हेर्नुहॊस

सरकारले विदेशी मुद्रा सिफारिस नदिँदा भुक्तानी बाँकी छ, हामीमाथि विभेद भयो : इस्पान

काठमाडौं । इन्टरनेट सेवाप्रदायक संघ नेपाल (आइस्पान)ले सरकारले विभेदकारी नीति अँगालेको आरोप लगाएको छ । …

प्रतिकृया दिनुहॊस