नेप्से परिसूचक सामान्य अंकले उकालो लाग्यो

काठमाडौं । नेप्से परिसूचक सामान्य अंकले उकालो लागेको छ ।

बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ८ दशमलव ०९ अंकले बढेर १ हजार २ सय ४९ दशमलव ९३ को बिन्दुमा कारोबार बन्द भएको छ ।

आज १५२ कम्पनीका ८ लाख ९१ हजार ६०९ कित्ता शेयर किनबेच भई २३ करोड २८ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

कारोबारमा आएका १० सबै उपसूचकहरुमा हरियाली छाएको छ । सबैभन्दा धेरै होटल समूहको ७०.६९ अंकले बढेको छ भने सबै भन्दा कम फाइनानन्स समूह १.१८ अंकले बढेको छ ।

यस्तै निर्जीवन बीमाको ६३.६८, जीवन बीमा २६.३७, उत्पादन तथा प्रशोधन २०.१९, अन्य समुह ८.५ अंकले बढेको छ ।

बुधबार सबैभन्दा बढी प्रभु बैंकको सेयर किनबेच भएको छ । बैंकको एकैदिन ३ करोड ३७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता २५३ रुपैयाँ रहेको छ । त्यस्तै, एनआईसी एशिया, कुमारी र सिद्धार्थ बैंकको एक करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ ।

बारेमा माेहन सिपाडाेल

यॊ पनि हेर्नुहॊस

साईमेक्स इन्कले नेपालभर पूरा गर्‍यो सय युनिट बीवाईडी डेलिभरी

काठमाडौं । बीवाईडीको ३०औँ वार्षिकोत्सव र १ करोडौँ एनईभी विश्वव्यापी उत्पादनको अवसरमा बीवाईडी र साईमेक्स …

प्रतिकृया दिनुहॊस