[कथा] यादमा ग्रिन कलर

डम्मर बम

आरधान, स्तुति र प्राथना पूजामा सबै व्यस्त । हातमा पुजाको थाली अनि श्रीगांरले सजिएका क्याम्पसका छात्रा र आफ्नै झिल्के पारामा छात्रको भीड । क्याम्पसको प्रांगढ सरस्वती माताको पूजा आराधाना । पुजाआजा अनि सरस्वती स्तुतीको ध्वनी, धूपको वास्नादार धुवाँ, रग्गींचग्गीं ध्वजा पताकाले सजिएको क्याम्पसको भवन, प्रांगढ अनि खेल मैदान अति नै शोभनिय । पुजारीको मुखारबाट निस्केका सरस्वती माताको श्लोकहरुले त्यो भूमी प्रवित्र नै भएको थियो । यस्तै विद्यार्थीको भिडमा उ चारै तिर आँखा डुलाउदै थियो । यज्ञमा पुजागरी रहेपनि पनि उ केही विराएजस्तो गरि रह्यो । पुजा सकिन नपाउदै उ सबैसँग मिल्न हतारिन्छ । त्यो भिडमा एक अनुहार हेर्न उ तल्लीन थियो । विगत सम्झ्दै भन्दै थियो ऊ …………………………।

साच्चै भन्दा सबैभन्दा मनपर्ने उनको घुम्रिएको कपाल, ठूला ठूला गाजुल अनि नसालु आँखा जहाँ हराउन त्यो चाहन्थ्यो । तर त्यो पल एकछिनका लागि मात्र भयो ।

         डम्मर वम

रातो कलरको टोकरीवाला लेडिज साइकील तेती वेला एकदमै चलेको, उनि थिईन सवार, टोकरीमा पुजाको सामाग्री धूप, वत्ति, चामल, अद्दता र भेटी । क्याम्पसको गेटको एक कुनामा उनकै आगमनको वेग्र प्रतिक्षामा त्यो मान्छे । उनको आगमनसँगै प्रफुलितमुद्रामा हतारिएर सोध्छ, किन ढिला ? मन्द मुस्कानमा यस्तै ढिलो उसले जवाफ पाउन्छ । सिमला खुर्सानी (क्याप्सीकम) उसको डेसअप । सुनमा सुगन्ध । जति वयान गरेपनि मौहलमा अपुरो थियो, तारिफमा उ ध्यानमग्न भयो ।

आफुललाई पागल प्रेमि बताउने ऊ ग्रिनवालीको शिरदेखी पाउसम्म नियालेछ । साच्चै भन्दा सबैभन्दा मनपर्ने उनको घुम्रिएको कपाल, ठूला ठूला गाजुल अनि नसालु आँखा जहाँ हराउन त्यो चाहन्थ्यो । तर त्यो पल एकछिनका लागि मात्र भयो । ग्रिन कलर पुजा गर्न यज्ञतिर अगाडी बढ्छिन, जहाँ सरस्वती माताको पूजा हुदैँथ्यो । सबै जना पूजाआजामा व्यस्त थिए, म भने ग्रिन कलर तिर नजर दिई रहेको थिए, भावना डुब्दै भन्दै सुनायो । त्यो परिवेशको अवस्थालाई सुनाउदा, उ केही जीवनमा महत्वपूर्ण चिज गुमाए जस्तो देखिन्थ्यो ।

ग्रिन कलर पुजा गर्न यज्ञतिर अगाडी बढ्छिन, जहाँ सरस्वती माताको पूजा हुदैँथ्यो । सबै जना पूजाआजामा व्यस्त थिए, म भने ग्रिन कलर तिर नजर दिई रहेको थिए, भावना डुब्दै भन्दै सुनायो । त्यो परिवेशको अवस्थालाई सुनाउदा, उ केही जीवनमा महत्वपूर्ण चिज गुमाए जस्तो देखिन्थ्यो ।

धेरैपछि आज मनका वह पोख्दैछु, उ भावुक वन्यो । अगाढी थप्दै गयो, पूजा पश्चात प्रसाद ग्रहणको कार्यक्रम शुरु भयो । उनि प्रसाद वाड्न तयार भईन, सरस्वती मातको स्तूती र प्रसाद ग्रहणपश्चात नाँच गाँनको कार्यक्रम थियो । पुजारीको टिकापछि प्रसाद ग्रहण अनि नृत्यको कार्यक्रममा । विद्यार्थीहरुले आ आफ्नो कला प्रदर्शन गर्न थाले । सबैजना नृत्यमा व्यस्त थिए । म चाँही ग्रिन कलरवालीसँग चउरको एक कुनामा बसेर त्यही नृत्यको मनोरञ्जन लिई रहेका थियौ । अरुसाथिहरु भन्दा हामी अलग्गै बसेका थियौ । भनौ हामी युगौल जोडी झै बसेका थियौ । त्यो बिचमा साथिहरु हामीलाई नाँच्न अनुरोध गर्दै थिए । आफुलाई नाच्न नआएपछि मैले उनलाई नाच्न आग्रह गरे । मेरो आग्रहपछि नाँच्न सहमत भईन उनकै मनपर्ने गितमा उनी नाचिन् । सबैभन्दा राम्रो प्रदर्शन रे उनको तारिफमा तारिफ पात्र खुसी हुँदै सुनाउदै थियोे । एकछिन रोकिएर भन्छ, ग्रिन कलरवालीको जिद्दी त कहाँ कम होर यार कहाँ नाँच्ने, घर जानु छ, काम छ, अनेकन वाहनावाजी त्यसका बावजुत उनिनाच्न सहमत भएपछि मैले जितेको आभाव भएको भन्दै आफ्नै वयान गर्न पछि हटेन ।

पात्रले थप्पै थियो, त्यो सरस्वती पुजा पहिलो पटक सो क्याम्पसका आयोजना गरी मनाइएको रे । भवन र कक्षा कोठामा अभावमा क्याम्पसको त्यो आफ्नै समस्या थियो । शणरणार्थी जस्तै अरु स्कुलको भवनमा पढाइ हुन्थ्यो, क्याम्पसका नयाँ भवनको बन्दै थियो पठाई शुरु भने अरु स्कुलमा भई रहेको थियो । क्याम्पस स्थापनाका लागि गरिएका गतिविधि अर्को पटक सुनाउने मनसायमा उसले भन्यो यो पटक ग्रिन कलरमा ध्यान जावस । उ मिठो मुस्कानमा उनको गुणगान गाउँदै बयान गर्नमै तल्लिन थियो । केही गुमाए जस्तो, मनमा चोट परेको जस्तो गरी मध्यराती भावनाहरु विर्साउदै थियो । विगतमा उनिसँग भएका मिठा संवाद सुनाउन उ उत्सुक देखिन्थ्यो ।

…तर त्यो रात साच्चै स्मरण योग्य नै थियो । सायद ति कुरा उसले ग्रिन कलरलाई भन्यो या भनेन तर एउटा नारी माथि सम्माजन शब्दले फुलका गुच्छा अप्रर्ण गर्ने सायद त्यो एउटा पागलप्रेमि हो ।

स्वरसम्राट नारायण गोपाल, रामकृष्ण ढकालका गित उसको प्राथमिकतामा परेका गित रे, भन्दै थियो उ । खैर छोड यार अहिले उ खुसी छे रे, हाँसीखुसी दिन बिताउदै छे, लजालु स्वभावमा उ भावुक बन्छ । मुस्कुराई लामो सास फेर्छ । अनि वोल्न थाल्छ । कसैलाई वोल्न दिने पक्षमा थिएन उ । सबै उसको कुरा एकाग्रह भएर सुन्न थाले कि स्वास्थानी बर्तकथाको पाठ सरह । कुमारजी आज्ञा गर्नु हुन्छ, हे अगेस्त मुनी ल सुन अब म सतिदेबीले होमकुण्डमा किन ? हाम फालिन भन्ने विषयमा कथा सविस्तार बताउन्छु । सोही सरह कहिले रोद्न त कहिले खुसिका कुरा उसले समय व्यतित गदै थियो । रात्रिकालिन प्रहर मनचरीको सहरमा उसले रंगिन बनायो र मलाई पनि विगत तिर पुर्यायो ।

अतित सबैका हुन्छन्, तर अतितलाई ती सबै स्मरणलाई जीवन्तता दिनु महानता हो । “माया पाउनु मात्र होइन, गुमाउनु पनि महानता हो ।” तर आफ्नो मायालाई जीवन्तता दिनुपर्छ, उसका महानवाणी पनि सुन्न पाइयो । कुनै महायज्ञमा गएर प्रवचन सुने जस्तो लाग्दै थियो । तर त्यो रात साच्चै स्मरण योग्य नै थियो । सायद ति कुरा उसले ग्रिन कलरलाई भन्यो या भनेन तर एउटा नारी माथि सम्माजन शब्दले फुलका गुच्छा अप्रर्ण गर्ने सायद त्यो एउटा पागलप्रेमि हो । “सधै मुटुको स्पन्दनमा चलमलाउने चरी कता उडी ! एउटा उज्यालो दिने दिप हराए जस्तै वर्षयाममा रवि विलाउन्छ ।”

  • कथाको अन्य अंश अर्को भागमा…

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

[कथा] शंकरदेव क्याम्पसकी पार्वती

डम्मर बम सुन्नुस न, हजुर नयाँ हो ? शंकरदेब क्याम्पसको शंकरदेवको मूर्तिबाट अलि तल झरेर …

प्रतिकृया दिनुहॊस