सिटिजन्सका ग्राहकलाई बम्पर सुविधा, २० बढी बचत खातामा उच्च ब्याजदर

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडमा खाता खोल्ने ग्राहकहरुलाई लक्षित गरि बम्पर सुविधा ल्याएको छ । बाणिज्य बैंकहरुमा अग्रस्थानमा रहेको सिटिजन्सले आफ्ना ग्राहकहरुका सबै खालका वित्तीय आवश्यकतालाई एक साथ पुरा गर्ने उदेश्यले विभिन्न प्रकारका निक्षेप खाताहरु सञ्चालनमा ल्याएको हो । बैंकले चालु आर्थिक वर्षदेखि ग्राहकहरुको भरपर्दो साझेदारका रूपमा आफूलाई उभ्याउन चाहेको जनाएको छ ।

बैंकले प्रतिपर्धी बजारमा ग्राहलाई व्यावसायिक र अनुभवी कर्मचारीद्वारा सेवा प्रदान हुने बताएको छ । विभिन्न शिर्षकमा खाताहरूको डिजाइन, उत्पादन र वितरण गरेर व्यक्ति र संस्थालाई विश्वासयोग्य सेवा दिन बैंकमा आउने ग्राहकका लागि भरपर्दो सेवा उपलब्ध गराउने अठोठ लिएको छ । बैंकका अनुसार यस बैंकमा खाता खोल्न चाहनेहरुका लागि राम्रो ब्याजदर र उत्कृष्ट सुविधाहरू उपलब्ध गराइनेछ ।

ग्राहकले आफूले चाहेका कुनै पनि खाता सरल रुपमा खोल्न सक्ने भन्दै प्रत्येक ग्राहकलाई सिटिजन बैंकमा राम्रो व्यवहार र स्वागत भन्ने नारा नै राखेको छ । बैंकले दिएका सुविधाहरु र सेवाहरु देशभरका सबै शाखाहरूमा उपलब्ध रहेको भन्दै सवै निक्षेप खाता उच्च ब्याजदर रहेको जनाएको छ ।

निक्षेप खातामा फराकिलो दायरा
सिटिजन्स बैंकले सबै उमेर समूह, पेशा र समुदायका लागि उपयुक्त निक्षेप खाताको व्यवस्था गरेको छ । यस बैंकले महिला, ज्येष्ठ नागरिक, बालबालिका, श्रमजीवी, वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरू, प्राविधिक ज्ञान भएका ब्यक्ति, युवा, एनआरएनए आदि सवैका लागि छुट्टाछुट्टै डिजाइनमा २० भन्दा बढी बचत निक्षेप खाताको व्यवस्था गरेको छ ।

यी सबै खातामा धेरै खालका विशेषताहरू रहेको र जसले खाता खोल्नेहरुहरूलाई उनीहरूको आवश्यकता अनुसारका सेवा र सुविधा दिनेछ । बैंकमा माथि तोकिएका कुनै पनि समूहका ग्रहकले आफ्नोे आवश्यकता अनुसारका खाता छनोट गर्न खोल्न सक्नेछन् ।

ब्याज दर
बचत गर्ने उद्देश्यका लागि खाता खोल्दा विचार गर्नुपर्ने प्रमुख कारण मध्येको एक ब्याज दर । सिटिजन्स बैंकले आफ्ना खातावालाहरुलाई सधैं उच्च ब्याजदर र अधिकतम प्रतिफल प्रदान गर्दै आएको छ । बैंकले आफ्ना ग्राहकहरूलाई खुसी पार्न बजारमा उच्च प्रतिस्पर्धी ब्याजदर उपलब्ध गराउँदै आएको छ । हाल, बैंकले प्रतिवर्ष ६ प्रतिशतको उच्चतम ब्याज प्रदान गर्नेछ । यो विभिन्न बचत खाताहरूमा लागु रहने छ भने विदेशी मुद्रा बचत खाताहरुमा पनि आकर्षक ब्याजदर उपलब्ध गराएएको बैंकले जनाएको छ ।

सुविधा र फाइदाहरू
सिटिजन्स बैंकले आफ्ना ग्राहकहरुले खोलेका कुनैपनि प्रकारका निक्षेप बचत खातामा उच्चतम ब्याज दर मात्र प्रदान नगरी यस बैंकले आफ्ना ग्राहकहरूलाई विभिन्न सुविधाहरू र उच्चतम फाइदाहरू पनि प्रदान गर्दै आएको छ । बैंकले आफ्ना ग्राहकहरुलाई मोबाइल बैंकिङ, भिसा डेबिट कार्ड र इन्टरनेट बैंकिङ निःशुल्क उपलब्ध गराउँदै आएको छ । बैंकको मोबाइल बैंकिङलाई वित्तीय क्षेत्रमै उत्कृष्ट मध्ये एक मानिन्छ जसले ग्राहकको हत्केलामा २४ घण्टो बैंकिङ सेवा प्रदान गरेको छ ।

बैंकको डेबिट कार्डले विभिन्न आउटलेटहरू (१५० माथि) रेस्टुरेन्ट, क्याफे, होटल, अस्पताल, किनमेल केन्द्रहरू, अन्तर्राष्ट्रिय अस्पतालहरू जस्तै मेदान्ता–द मेडिसिटी र भारतका अन्य अस्पतालहरूमा छुटहरू प्रदान गर्दछ । बैंकका सबै डिजिटल उत्पादनहरूमा नवीनतम प्रविधिद्वारा सञ्चालित शीर्ष टायर सुरक्षा सुविधाहरू पनि राखिएका छन् । साथै, बैंकले डिम्याट, सिआस्बा र मेरो शेयर सुविधा पनि निःशुल्क उपलब्ध गराएको छ । बैंकले ग्राहकलाई बिमा सुविधापनि उपलब्ध गराउँदै आएको छ । बिमामा ५० हजार सम्मको चिकित्सा बिमा र ५ लाख सम्मको दुर्घटना मृत्यु बिमा रहेका छन् ।

ग्राहक सेवा
नमस्ते संस्कृतिमा उत्कृष्ट ग्राहक सेवाको लागी परिचित रहेको सिटिजन्स बैंकमा प्रत्येक ग्राहकलाई राम्रो व्यवहार गरिन्छ। बैंकको ग्राहक सेवा धेरै छिटो र प्रभावकारी पनि छ । बैंकको सबै प्रक्रिया र सेवा प्रवाह समयतालिका अनुसार गरिन्छ। ग्राहक सेवा अभिवृद्धि गर्न बैंकले अयोग्य, वृद्धवृद्धा, विरामी, अशक्त ग्राहकहरुलाई विशेष महत्व दिएर बैंकिङ सेवा प्रदान गर्दै आएको छ । बैंकले घरमै बसेर बैंकिङ्ग सेवाहरु पनि उपलब्ध गराउँदै आएको छ । जहाँ बैंकिङ्ग सेवाहरु ग्राहकहरुको घरदैलोमा पुर्याइनेछ ।

अन्य उत्पादनहरू
बैंकले ग्राहकहरूको लागि धेरै लाभदायक अन्य विभिन्न सुविधाहरू पनि प्रदान गरिरहेको छ । बैंकले विभिन्न आकारका लकर सुविधा उपलब्ध गराएको छ भने ग्राहकहरुको वैदेशिक यात्रामा सहयोग पुर्याउन अमेरिकी डलर ट्राभल कार्ड र विदेशी मुद्रा सटही सुविधा पनि प्रदान गरेको छ । साथै ई–कमर्स कार्ड पनि प्रदान गरेको छ । जसले ग्राहकहरुलाई विश्वव्यापी उत्पादन तथा सेवाहरु अनलाइन खरिद गर्न मद्दत गर्दछ । बैंकले विभिन्न संस्थाका तलब पाउने कर्मचारीहरूका लागि सञ्चीत कोष व्यवस्थापन सुविधा भएका खाता पनि उपलब्ध गराएको छ ।

बैंकले नेपाली र विदेशी मुद्रा मुद्दती निक्षेपमा उच्च ब्याजदर प्रदान गर्दै आएको छ । बैंकसँग रिकरिङ डिपोजिटहरू पनि छन् । जुन हाइब्रिड उत्पादनहरू हुन् जसले बचत र मुद्दती निक्षेप दुवैको सुविधा प्रदान गर्दछ । जसबाट म्युचुअल फण्डहरूद्वारा प्रस्तावित एसआइपी योजनाहरूमा भन्दा राम्रो प्रतिफल दिन्छ । विभिन्न देशबाट नेपाललाई रकम पठाउने वैदेशिक रोजगारीमा रहेका कामदारहरूको आईपीओ आवेदन प्रशोधनका साथै मुद्दती निक्षेपमा थप राम्रो ब्याज पनि उपलब्ध गराएको छ ।

यस बैंकमा ग्राहकले एकसात तीन वटा खाता बैंक खाता, डिम्याट खाता र ब्रोकर खाता खोल्न सक्न व्यवस्था पनि छ । यी सेवा बैंकका सवै शाखामा उपलब्ध छन्। विश्वभरबाट रेमिट्यान्स भुक्तानी गर्नुका साथै बैंकसँग धेरै च्यानलहरू भएकाले ग्राहकहरूले मोबाइल बिल, ल्यान्डलाइन बिल, बिजुलीको बिल, पानीको बिल, विद्यालय÷कलेजको शुल्क भुक्तानी, दलाल भुक्तानी आदि कुनै पनि सेवा घरबाटै लिन सक्छन् । साथै, बैंकले अनलाइन खाता खोल्ने सुविधा पनि उपलब्ध गराएको छ । जस मार्फत ग्राहकहरुले शाखाहरुमा नगइकनै अनलाईन खाता खोल्न सक्नेछन् भने ग्राहकहरुले नागरिक एप मार्फत पनि खाता खोल्न सक्छन् ।

ग्राहकलाई थप लाभहरू
बैंकले नियमित रूपमा ग्राहकहरूलाई थप फाइदाहरू प्रदान गर्ने केही अभियान र कार्यक्रमहरूको सुरुवात पनि गरेको छ । बैंकले विभिन्न साझेदारहरु जस्तै दराज, बिग मार्ट, भाटभटेनी, मोको, खल्ती, ईसेवा, आईएमई पे आदिसँग सम्झौता गरेको छ । यी साझेदारहरुसँगको सहकार्यमा बैंकले ग्राहकहरुलाई थप फाइदाहरु प्रदान गर्न नियमित रुपमा छुट तथा उपहार अभियानहरु संचालन गर्दै आएको छ ।

बैंकले ग्राहकहरुको अनुभव अभिवृद्धि गर्नका लागि सिटिजन्स बैंकसँग साउन महिनाको हरेक सोमबार मनाउने, तीज पर्व, दशैं र तिहारमा डिजिटल दक्षिणा, नयाँ वर्षको उत्सव आदि जस्ता विभिन्न चाडपर्व तथा अवसरमा ग्राहकहरुलाई पुरस्कृत कार्यक्रमहरु आयोजना गर्दै आएको छ। बैंकले देशभर १९० वटा शाखाहरु संचालन गरी निःशुल्क एबिबिएस सेवाहरु प्रदान गर्दै आएको छ। जसले ग्राहकहरुलाई थप फाइदाहरु प्रदान गर्दछ । साथै, बैंकले एफडी खोल्ने, कोष स्थानान्तरण, ऋण अनुरोध, कार्ड अनुरोध, पिन अनुरोध, क्यूआर सेवाहरू घरमै बसेर उपभोग गराउदै ग्राहकहरूलाई थपसुविधा प्रदान गर्न नवीनतम प्रविधि र प्रणालीहरू प्रयोग गर्दै आएको छ ।

उत्कृष्ट ग्राहक सेवा प्रदान गर्ने र ग्राहकको अनुभव अभिवृद्धि गर्ने प्रतिबद्धताका साथ बैंकले सबै उत्पादन, सेवा, नेटवर्क र नवीनतम प्रविधि सहितको पूर्ण प्याकेज उपलब्ध गराएको छ । यसका सेवा उपभोग गर्न भनै ग्रहकहरुले सिटिजन्स बैंकमा खाता खोल्नु पर्ने हुन्छ । बैंकले संस्थागत सुशासनको स्तरलाई उच्चतम राख्ने कुरमा सदैव महत्व दिँदै आएको र आगामी दिनहरुमा पनि समग्र संस्थागत सुशासनको अवस्थालाई थप सवल तथा सुदृढ बनाउँदै जानेतर्फ प्रतिबद्ध रहेको जनाएको छ । संस्थागत सुशासनतर्फ बैंकको उद्देश्य र नीति अनुरुप आन्तरिक संरचना तयार पार्नुका साथै कर्मचारी र सञ्चालकले पालना गर्नुपर्ने आचरणको आचार संहिता कार्यान्वयनमा ल्याइएको छ ।

बैंकको नीति, कार्यक्रम तथा बजेट, लेखाप्रणाली, निक्षेप परिचालन तथा कर्जा प्रवाह, बैंकको लगानी, बैंकले प्रदान गर्ने वित्तीय सेवाको मूल्य निर्धारण, खरीद तथा निर्माण कार्य, मानव संसाधन व्यवस्थापन लगायतका बैंकले सम्पादन गर्ने अन्य कार्यहरुका सन्दर्भमा स्थापित प्रणाली तथा बैंकिङ्ग क्षेत्रमा गरिने असल अभ्यास अवलम्वन गर्ने संस्कृति समेत बिकास गरेको जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ग्लोबल आइएमई बैंकको सञ्चालकमा ज्ञवाली नियुक्त

काठमाडौं । ग्लोबल आइएमई बैंकको स्वतन्त्र महिला सञ्चालकमा भागिरथी भट्टराई ज्ञवाली नियुक्त भएकी छन् । …

प्रतिकृया दिनुहॊस