याक्थुङ लेखक संघ, झापाको आयोजनामा कविता तङ्सिङ्-२ सम्पन्न 

झापा। याक्थुङ लेखक संघ, झापाको आयोजनामा कविता तङ्सिङ्-२ शनिबार दमकमा सम्पन्न भएको छ । ‘तङ्सिङ्’ लिम्बू जातिले गर्ने सबैभन्दा ठूलो साँस्कृतिक अनुष्ठान हो । तङ्सिङ्लाई कवितासंग जोडेर काव्यिक अनुष्ठानको रुपमा कार्यक्रम गरिएको हो । दमक उद्योग वाणिज्य संघको सभाहलमा आयोजित कार्यक्रममा ३२ जना याक्थुङ (लिम्बू) कविहरु सहभागी थिए ।

कविहरु धर्मेन्द्र नेम्बाङ, कुमार लिङदेन ‘मिराक,’ अभागी थेगुवा, सन्तोष थेबे, सन्देश सुब्बा, टंक सेलिङ, केजी सुब्बा, राजकुमार सुब्बा ‘अनिश्चित,’ उदय पन्धाक, कैलाश शिखर, सेलिङ केसी, सन्त थलङ, सुमन लिङदेन, गगन योक्पाङदेन, इक्साहाङ चेम्जोङ, पार्वता पोमु ‘जिज्ञासु,’ सुनिल आङ्बो, प्रदीप योङहाङ, युवीर चेम्जोङ, मञ्जु थेगिम र कविन तुम्बापोले कवितावाचन गरेका थिए ।

त्यस्तै, सेसेमी से-नाल्बो, सेसेहाङ फियाक, पुष्पहाङ लोवा, रानीटारे माइला, मुक्साम लाबुङ, साम्जीरी शेर्मा, निशा लोवा, रचना लाओती, आन्छुमे नशान, कल्पना लिङदेन र चुक्सा याप्मीले लिम्बू भाषाको कवितावाचन गरेका थिए । कविहरुले लिम्बूवानी इतिहास, कला र संस्कृतिमा आधारित कवितावाचन गरेका थिए ।

कविता तङ्सिङ्लाई सम्बोधन गर्दै प्रमुख अतिथि एवम् प्रदेश-१ का निवर्तमान प्रदेश प्रमुख डा.गोविन्द तुम्बाहाङले कविहरुको कल्पनाशक्तिले समाज रुपान्तरणमा महत्वपूर्ण योगदान पुग्ने बताए ।

तङसिङमा तुम्याङको रुपमा पूर्वमन्त्री श्रीप्रसाद जबेगु, वीर नेम्बाङ, सञ्जुहाङ पालुङवा, खगेन्द्र माखिम, हाङयुग अज्ञात, कृष्ण बराल, प्रकाश थाम्सुहाङलगायतको उपस्थिति थियो ।

तङ्सिङ् अनुष्ठानमा जस्तै याग्राङसिङ (बाँसको लिङ्गो) राखेर गरिएको कविता तङ्सिङ्मा कलाकार यासेली योङहाङले येवा नाँच प्रस्तुत गरेका थिए । सोही अवसरमा कविता तङ्सिङ्-२ मा वाचित कविताहरुको पुस्तकसमेत लोकार्पण गरिएको थियो ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

कविता : बादल लागेपछि

(२०७८ सालमा पार्टी फुटकाे प्रभाव)

प्रतिकृया दिनुहॊस