पृथक् नाम निओ : प्रविधिमैत्री कारोबारमा जोड 

  • सागर खनाल – सिइओ, निओ मनी ट्रान्सफर

निओ मनी ट्रान्सफरको स्थापना 
यो कम्पनी सन् २००९ मा स्थापना भएको हो । नेपाल राष्ट्र बैंकबाट लाइसेन्स लिँदा सुरुमा यसको नाम पानस रेमिट थियो । स्थापनासँगै कम्पनीको अवस्था राम्रो थियो । मध्यपूर्वी राष्ट्रहरूमा राम्रो बजार थियो । विश्वभर कोभिडले आतंक मच्चाएपछि त्यो समयमा केही व्यवसायहरू बन्द भए भने धेरैको राम्रो ग्रोथ हुन सकेन । तत्कालीन विकराल अवस्थामा पानस रेमिटले पनि राम्रो व्यापार गर्न सकेन ।

मैले ७/८ वर्ष विभिन्न कम्पनीमा जागिरेका रूपमा काम गरेँ । बिस्तारै रोजगारी दिनसक्ने तरीकाको काम गर्ने सोच आयो । पछिल्लो समय डिजिटल मार्केटिङले बजार लिइरहेको छ ।  ऊर्जावान् र प्रविधिमैत्री साथीहरूको समूह मिलेर पानसलाई रिब्राण्ड गरेर अगाडि बढेका हौँ । ७/८ महिना अगाडि राष्ट्र बैंकमा निवेदन दिएर पुँजी वृद्धि गर्‍यौँ । अहिले निओ मनी ट्रान्सफरको नामबाट बजारमा आएका छौँ ।

निओ मनी ट्रान्सफरको अर्थ 
निओ आफैमा पृथक् नाम छ । यसको अर्थ नयाँ भन्ने हुन्छ । रेमिट्यान्समा डिजिटाइजेसनलाई केन्द्रित गरेका छौँ । नयाँ प्रविधिलाई सँगै लिएर अगाडि बढौँ भन्ने सोच हो । रेमिट्यान्स उद्योग अगाडि बढ्दैछ । हरेक महिना ५०/६० हजार युवाहरू रोजगारीका लागि विभिन्न मुलुकमा जाने गर्छन् । देशको राजनैतिक उतार चढावका कारण केही वर्ष अझैँ नेपालीहरू विदेशी भूमिमा जानुपर्ने बाध्यता छ । बाहिर जाने चाप बढ्दो क्रममै छ । यो उद्योग घट्ने होइन, केही समय बढ्दै जान्छ । प्रविधिलाई आत्मसात् गर्दै अगाडि बढ्ने  कम्पनीहरू बजारमा टिक्न सक्छन् । ऊर्जावान्, युवा जोस र जाँगरले भरिएको समूहले निओ मनी नामको उच्चतम उपयोग गर्नेमा हामी विश्वस्त छौँ ।

निओ मनी ट्रान्सफर स्थापनाको उद्देश्य 
निकै नै चुनौतीपूर्ण समयमा हामीले निओ मनीको सुरुवात गरेका छौँ । यसको उद्देश्य भनेको उपभोक्ताले समयमै भुक्तानी पाउनुपर्छ भन्ने हो । अहिले हामीले बजार युरोप, मध्यपूर्वी देशहरूमा केन्द्रित गरेका छौँ । ग्राहकले पठाएको रकम ६० सेकेण्डभित्र सम्बन्धितको खातामा पुगिसक्छ । हरेक महिना सोसल मिडियामा उपभोक्ताले प्राप्त गरेको कारोबारको सही समय प्रकाशित गर्ने गरेका छौँ । अघिल्लो महिनाको ९० प्रतिशत रकम ६० सेकेण्डभित्र भएको प्रमाण हामीसँग छ । मैले नेपालका प्रतिष्ठित ३/४ वटा कम्पनीसँग काम गर्ने क्रममा रेमिट्यान्सको कारोबार गर्दा केके कमजोरी हुन्छ ? के गर्दा भएका कमजोरीलाई सुधार्न सकिन्छ ? भनेर मसिनोगरी अध्ययन गरेको छु ।

नयाँ सिस्टम बनाउँदा सबै कमजोरीलाई व्यवस्थापन गर्नेगरी गरेका छौँ । सेवा द्रुत गतिमा दिन्छौँ । उपभोक्तालाई कम शुल्क लागोस् भनेर हामी सचेत छौँ । हामीले पाएको छुट रकम ग्राहकलाई सहज होस् र थोरै शुल्क तिर्न परोस् भनेर काम गरिरहेका छौँ । हाल विभिन्न पार्टनरसँग मिलेर काम गर्दै आएका छौँ । उनीहरूले ग्राहकबाट शुल्क नलिई काम गरिरहेका छन् । ग्राहकले पाउने शुल्क तथा सुविधा सस्तो र सहज होस् भन्नेमा हामी केन्द्रित छौँ । द्रुत सेवासँगै सुरक्षित कारोबार होस् भन्नेमा हाम्रो जोड रहेको छ ।

हाल रेमिटेन्सको अवस्था
तुलनात्मकरुपमा अघिल्लो र यो वर्षको कारोबार हेर्दा २० देखि २२ प्रतिशतसम्मको रेमिट्यान्समा ग्रोथ छ । यो वर्ष १२ बिलियनको रनरेटमा छौँ । रेमिट्यान्सको क्षेत्रमा यो एकदमै सकारात्मक पक्ष हो । मध्यवर्ती देशहरूमा मात्र होइन की अहिले युरोप, युके, अस्ट्रेलिया, जापान, कोरिया लगायतमा जाने क्रम एकदमै बढेको छ । मध्यपूर्वी देशहरूमा ३५० डलर बचत हुन्छ भने युरोपियन देशहरूमा ७००-८०० डलरसम्म बचत हुन्छ । त्यसकारण पनि पछिल्लो समयमा नेपालमा रेमिट्यान्स धेरै नै भित्रिरहेको छ । युवाहरूको बाहिर जाने क्रम बढेसँगै रेमिट्यान्सको आकार पनि बढ्दै जान्छ । नियामक निकायले अनौपचारिकरुपमा भित्रिरहेको कारोबारलाई नियन्त्रण गर्नेगरी काम गर्‍यो भने यसको आकार अझैँ बढ्ने देखिन्छ ।

कम्पनीको रणनीतिक योजनाहरू 
निओ मनी बजारमा ठुलो लगानी गरेर सफल हुन सकिन्छ भन्ने विश्वास गर्दैन । अहिलेको समय भनेको प्रविधिको समय नै हो । नेपालबाट पढ्न र रोजगारीका लागि पुगेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू भएका ठाउँसम्म पुग्ने हाम्रो उद्देश्य हो । मिडिया र सामाजिक सञ्जालका माध्यमबाट हामी हाम्रो यात्रा तय गरिराखेका छौँ ।

केही समय अगाडि लोकप्रिय गायक प्रकाश सपुतलाई ब्राण्ड एम्बेसडरका रूपमा नियुक्त गरेका छौँ । प्रकाशजी बिदेसिएका दाजुभाइ तथा दिदीबहिनीसँग एकदमै कनेक्टेड हुनुहुन्छ । उहाँसँगको सहकार्यले लक्षित वर्गसम्म पुग्न सहज हुन्छ भन्ने विश्वास राखेका छौँ । चाँडै नै इन्भेट पनि गर्ने योजनामा छौँ । हाम्रो मुख्य रणनीति भनेको डिजिटल मार्केटिङलाई फोकस गर्ने हो । तत्कालको मुनाफा भन्दा पनि दिगो व्यापारमा केन्द्रित छौँ । आजको भोली टप फाइभ कम्पनी बन्ने होइन की बिस्तारै एउटा राम्रो ब्राण्डकारुपमा बजारमा स्थापित हुने लक्ष्य राखेका छौँ ।

कम्पनीको हालको अवस्था 
सबैभन्दा पहिले बाहिर रेमिट्यान्स गर्ने कम्पनी पत्ता लगाउनुपर्छ । अनि व्यापार सम्झौता हुन्छ । त्यसपछि नेपालको केन्द्रीय बैंकबाट हरेक साझेदारको अनुमति लिनुपर्छ । उताको कम्पनी पनि उस्तै प्रक्रियामा जानुपर्छ । यसविचमा केही कम्पनीसँग सम्झौता गरेर काम सुरु गर्यौँ । अन्य केही कम्पनीसँग सम्झौता गरी केन्द्रीय बैंकबाट अनुमति लिएर एपीआइ सिस्टम इन्टिग्रेसनको प्रक्रियामा छौँ । यो आव हाम्रो लागि सुरुवात नै हो ।

अबको तीन महिनामा नयाँ कम्पनीहरुसँग सम्झौता गर्ने प्रक्रियामा छौँ । कुबेत, मलेसिया, कतार, युरोपमा काम सुरु हुँदैछ । नेपालीहरू भएको ठाउँमा हाम्रो पहुँच हुनुपर्छ भनेर लागेका छौँ । हामीसँग मिलेर काम गर्ने पार्टनरहरु एकदमै सन्तुष्ट भएको पाएका छौँ । २४ सै घण्टा सेवा दिन्छौँ । निओ मनी बजारमा बेग्लै ब्राण्डका रूपमा चिनिनेछ भनेर अतिनै आशावादी छौँ । नेपालमा र बिदेशमा रहेका नेपालीहरुका लागि निओ मनी ट्रान्सफरबाट रेमिटेन्स सेवाहरुका साथै वित्तीय समावेशीकरणलाई प्रवद्र्धन गर्ने र चेतना जगाउने हाम्रो प्रमुख सोच रहेको छ ।

  • नवीन सन्देशबाट

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

आइएमई र कमर्स प्लेक्सबिच रेमिटेन्स आदानप्रदानका लागि साझेदारी

काठमाडौँ । आइएमई लिमिटेड तथा कमर्स प्लेक्स लिमिटेड बिच एक कार्यक्रमको आयोजना गर्दै रेमिटान्स सम्बन्धी …

प्रतिकृया दिनुहॊस