टीभीएस नेपालद्वारा ‘नयाँ युगको आरम्भ’ अफर सार्वजनिक

काठमाडौँ । नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले चाडपर्वलाई मध्यनजर गर्दै ‘नयाँ युगको आरम्भ’ नामको विशेष योजना सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत ग्राहकले टीभीएसको मोटरसाइकल र स्कुटर खरिद गर्दा रु. १० लाखसम्म जित्ने मौका प्राप्त गर्न सक्ने कम्पनीले जनाएको हो ।

हरेक सप्ताह १०० प्रतिशत क्यास ब्याक जित्ने अवसर पनि रहेको कम्पनीले जानकारी दिएको छ । यो योजना देशभर सीमित समयावधिका लागि उपलब्ध हुनेछ ।

यस कम्पनीले जीवनभरको लागि वारेन्टीका साथ पुरानो बाइक वा स्कुटरको सट्टामा अन द स्पट एक्सचेन्ज सुविधा, ग्यारेन्टर बिनाको इजी फाइनान्स उपलब्ध गराउने बताएको छ । साथै, टीभीएसका ग्राहकहरूलाई एओजी र एनओजी समुदायमार्फत सदस्यताको नयाँ अनुभव प्रदान गरिनेछ ।

टीभीएसले ‘मेरो साथी’ एपमार्फत बुकिङ सेवाहरू, स्पेयर पार्ट्स अर्डर गर्नेदेखि लिएर टीभीएससँग जोडिन र विशेष अफरहरूबारे सूचना प्रदान गर्दछ ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाली पर्यटक भित्र्याउन काठमाडौँमा इन्डोनेसियाको ‘सेल्स मिसन’

काठमाडौँ । इन्डोनेसियाको पर्यटन तथा कृयटिभ–इकोनोमी सम्बद्ध मन्त्रालय तथा एजेन्सीले इन्डोनेसियालाई नेपाली पर्यटकहरूका लागि मन …

प्रतिकृया दिनुहॊस