असोज ४ सम्म श्री एयरलाइन्सको एउटा टिकट किन्दा अर्को सित्तैमा

काठमाडौँ । श्री एयरलाइन्सले काठमाडौं-पोखरा उडान गर्नेलाई १ टिकट खरिद गर्दा अर्को सित्तैमा दिने भएको छ। असोज ४ गतेसम्म श्री एयरलाइन्सले पोखरा–काठमाडौं वा काठमाडौं-पोखरा यात्रा गर्दा एउटा टिकट नि:शुल्क दिने भएको हो।

श्री एयरलाइन्सका प्रबन्धक अनिल मानन्धरले एक टिकट किन्दा अर्को नि:शुल्क दिने अफर ल्याएको जानकारी दिए। आइतबार (आज) बाट असोज ४ गतेसम्म खरिद गर्नेले उक्त सुविधा पाउने उनले बताए। खरिद गरेको टिकटबाट असोज १४ सम्म यात्रा गरिसक्नुपर्ने कम्पनीले जनाएको छ।

श्री एयरलाइन्स आन्तरिक उडानमा आक्रामक रुपमा प्रस्तुत हुँदै आएको छ। पछिल्लो समय उसले जहाज थप्दै गएको छ। कम्पनीले सीआरजेट २०० र सीआरजेट ४०० बाट नेपालका विभिन्न गन्तव्यमा उडान भर्दै आएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाली पर्यटक भित्र्याउन काठमाडौँमा इन्डोनेसियाको ‘सेल्स मिसन’

काठमाडौँ । इन्डोनेसियाको पर्यटन तथा कृयटिभ–इकोनोमी सम्बद्ध मन्त्रालय तथा एजेन्सीले इन्डोनेसियालाई नेपाली पर्यटकहरूका लागि मन …

प्रतिकृया दिनुहॊस