अस्थिरताबाट देशलाई जोगाउन एमाले र कांग्रेस एक ठाउँमा : प्रवक्ता महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्वअर्थमन्त्री डा.प्रकाश शरण महतले मुलुकलाई अस्थिरताबाट जोगाउन कांग्रेस-एमाले मिलेको बताएका छन् । सोमवार नेपाल प्रेस युनियन डडेल्धुराले जिल्ला सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले अस्थिरताबाट मुलुक जोगाउन दुई ठूला दलबीच सहकार्य भएको बताएका हुन् ।

‘थोरै समयमा पटक-पटक सत्ता परिवर्तन भयो । प्रचण्डजीमा एमाले र कांग्रेसको सहयोगले प्रधानमन्त्री हुने आफू नै हो भन्ने मानसिकता विकसित भयो र त्यसले अस्थिरताको परिवेश निर्माय भयो,’ पूर्वअर्थमन्त्रीसमेत रहेका महतले भने, ‘अस्थिरताबाट देशलाई जोगाउन एमाले र कांग्रेस एक ठाउँमा उभिएका हुन् । तर कतिपयले दुई ठूला प्रतिस्पर्धीले मिलेर सरकार बनाएको उपयुक्त भएन भन्ने पनि छन् । मलाई यो परिस्थितिले निम्त्याएको परिणम हो ।’

उनले कांग्रेस-एमालेको गठबन्धन सरकारले मुलुकलाई स्थिरतातर्फ लैजाने दाबी गरे । पटक-पटक हुने सरकार परिवर्तनले जनतामा रहेको निराशा र असन्तुष्टिलाई कांग्रेस-एमालेको गठबन्धनले चिर्ने प्रवक्ता महतले विश्वास व्यक्त गरे ।

‘विस्तारै देशको आर्थिक परिवेश पनि सकारात्मक बन्दै जान्छ भन्ने हामीले अपेक्षा गरेका छौँ । चाँडै सरकारको न्यूनतम साझा कार्यक्रम पनि प्रकाशित हुन्छ,’ उनले भने, ‘यद्यपि, हामीबीचको ७ बुँदे सहमतिमै धेरै कुरा उल्लेख छन् ।’

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

आजको पञ्चाङ्ग   वि.सं. असोज ०१, २०८१ । ई.सं. 17 Sep, 2024 । शक संवत् १९४६ …

प्रतिकृया दिनुहॊस