श्रीमतीसहित फेरि चीन उडे पूर्व अर्थमन्त्री पुन

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्व अर्थमन्त्री वर्षमान पुन उपचारका लागि छिमेकी मुलुक चीन उडेका छन् । पूर्व सभामुख समेत रहेकी पत्नी ओनसरी घर्तीमगरसहित उनी चीन उडेका हुन् ।

एअर चाइनाको उडान नम्बर सिए ४३८ मार्फत उनीहरु १२ बजेर ५ मिनेटमा चीन प्रस्थान गरेको जनाइएको छ । वंशाणुगत जण्डिसको समस्या झेलिरहेका पुनले यसअघि सेन्चन शहरको थर्ड पिपुल्स अस्पतालमा उपचार गराएका थिए ।

उनी फलोअप उपचारका निम्ति त्यता गएको स्रोतले जानकारी दिएको छ । पुन तीन–चार दिनमा फर्किने बताइएको छ । मंसिरमै उपचारका लागि जानुपर्ने उनी व्यस्तताका कारण ढिला गरी गएको बताइएको छ ।

पुनमा दुलर्भ मानिने ‘बिलिरुबिन’ मा समस्या देखिएको छ । बिलिरुबिन एक पहेंलो पदार्थ हो, जुन पुरानो रक्त कोषिकाहरु तोडिँदा उत्पादन हुन्छ । कलेजोद्वारा उत्पादन हुने यो पदार्थ पित्त थैलीमा भण्डारण हुन्छ । बिलिरुबिन बढ्नु जण्डिस जस्तै रोग लाग्नु हो । सामान्य मानिसको शरीरमा एक दशमलव तीन मिलीग्राम बिलिरुबिन हुन्छ । तर, पुनको शरीरमा सामान्य अवस्थामै पनि ११–१२ मिलीग्राम बिलिरुबिन देखिने गरेको छ । कोरोना महामारीताका स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि थाइल्याण्डको बैंककस्थित एक अस्पतालमा भर्ना भएका पुनको बिलिरुबिन बढेर ४० मिलिग्राम पुगेको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

आजको पञ्चाङ्ग   वि.सं. असोज ०१, २०८१ । ई.सं. 17 Sep, 2024 । शक संवत् १९४६ …

प्रतिकृया दिनुहॊस