ब्राजिलको राष्ट्रपतिमा दक्षिणपन्थी नेता जेयर बोलसोनारो निर्वाचित

काठमाडौं । ब्राजिलको राष्ट्रपतिमा दक्षिणपन्थी नेता जेयर बोलसोनारो निर्वाचित भएका छन् । हिजो भएको दोस्रो चरणको निर्वाचनमा वामपन्थी नेता फर्नान्डो हड्डाडलाई पराजित गर्दै दक्षिणपन्थी नेता बोलसोनारो राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

उनले ५६ प्रतिशत मत प्राप्त गरेका छन् । त्यसैगरी वामपन्थी नेता हड्डाडले ४४ प्रतिशत मत मात्र प्राप्त गरे । सेनाका भूपूर्व कप्तान ६३ वर्षीय बोलसोनारो एउटा सानो तथा अनुदारवादी सोसल लिबरल पार्टीको प्रतिनिधित्व गर्छन् । उनले चुनावका क्रममा आपराधिक गतिविधि तथा हत्याको दर कम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

त्यसैगरी मुलुकमा बढ्दो भ्रष्टाचार नियन्त्रण गर्ने प्रतिबद्धता पनि उनले गर्दै आएका छन् । तर गर्भपतन, जातिवाद, आप्रवासन, समलिंगी तथा बन्दुक स्वामित्वसम्बन्धी कानुनबारे उनले जनाएका उक्साउने खालका टिप्पणीहरुका कारण उनको आलोचना हुने गरेको छ । निर्वाचन प्रचारका क्रममा बोलसोनारोमाथि चक्कु प्रहारसमेत भएको थियो ।

जसका कारण उनको शरीरबाट ४० प्रतिशत रगत बगेको थियो र उनलाई तत्काल शल्यक्रिया गरिएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कनेक्ट आइपिएसबाट स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाइने

काठमाडौं । कनेक्ट आइपिएसले स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाउन सकिने अवसर ल्याएको छ। अफर …

प्रतिकृया दिनुहॊस