हेमप्रभासको ‘शान्ति’मा साधाना सरगमको स्वर

काठमाडौं । बलिउडकी प्रसिद्ध गायिका साधना सरगमको स्वरमा रहेको गीत ‘शान्ति’ सार्वजनिक भएको छ । विश्व शान्ति दिवसको अवसर पारेर संविधान दिवसका दिन राजधानीको कुञ्ज थिएटरमा एक कार्यक्रमबीच गीतको भिडियो सार्वजनिक गरिएको हो ।

एडभरटाइजिङ नेपालको प्रस्तुति रहेको गीतमा हेमप्रभास अधिकारीको शब्द र सन्तोष श्रेष्ठको संगीत छ । कार्यक्रममा बोल्दै संविधानविद् डा.भीमार्जुन आचार्यले गीतमार्फत् आएको यस खालको शान्ति सन्देशले विशेष अर्थ राख्ने बताउनुभयो ।

अर्का वक्ता सबनम मुखियाले निर्माणका दृष्टिले पनि सुन्दर रहेको यस किसिमको गीतको महत्व विश्वजनीन चेतनाको उपज भएको जिकिर गर्नुभयो । रक्षा श्रेष्ठ, अभेलिना खड्का, दिया गिरीलगायत कलाकारको अभिनय रहेको भिडियोमा अजय रेग्मीको छायांकन, टेकेन्द्र शाहको दृश्य सम्पादन र हेमप्रभासकै निर्देशन छ ।

विश्वभरका मानिसबीच एकताको भावना झल्काउँदै आफ्नो भाषा, कला र मौलिक संस्कृतिको प्रवद्र्धन गर्ने अभिप्रायले यस खालको गीत निर्माण गरेको एडभरटाइजिङ नेपालका प्रबन्धक प्रकाश अर्यालले जानकारी दिनुभयो । गीतको भिडियोलाई म्युजिक नेपालको अफिसिलयल युट्युब च्यानलमार्फत बजारमा ल्याएको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पत्रकार यादवले मोटरसाइकल दुर्घटनामा गुमाए ज्यान

काठमाडौं । धनुषाका पत्रकार विनय यादवको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ । जनकपुर–ढल्केवर सडकखण्डमा पर्ने …

प्रतिकृया दिनुहॊस