सुनको दैनिक आयात कोटा २० किलो पुर्‍याइयो

काठमाडौं । नेपाल राष्ट्र बैंकले दैनिक सुन आयातको कोटा बढाएको छ । राष्ट्र बैंकले दैनिक २० किलो सुन आयात गर्न पाउने व्यवस्था गरेको हो । राष्ट्र बैंक स्रोतका अनुसार आज वा भोलि यसबारे सर्कुलर जारी हुनेछ ।

यसअघि वाणिज्य बैंकहरूले दैनिक १० किलो सुन आयात गर्न पाउने व्यवस्था थियो । ‘उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सुन आयातको कोटा बढाउन पत्र लेखेको थियो’, स्रोतले भन्यो, ‘सोही अनुसार कोटा बढाउने निर्णय भएको छ । अब सर्कुलरमार्फत जानकारी दिइनेछ ।’

वाणिज्य बैंकहरूले दैनिक २० किलो सुन आयात गर्दै आएकोमा राष्ट्र बैंकले २०७८ फागुन २२ गते परिपत्र जारी गर्दै दैनिक कोटा १० किलोमा झारेको थियो । त्यसयता वाणिज्य बैंकहरूले दैनिक १० किलो सुन आयात गरिरहेका थिए । व्यवसायीहरूले नेपाली बजारमा दैनिक ३० देखि ४० केजीसम्म सुनको माग भएको दाबी गर्दै आएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

धनगढीमा स्पा’का सञ्चालक र युवतीसहित ६ जना पक्राउ

काठमाडौं । धनगढीमा अवैध धन्दा चलाएको अभियोगमा सुदूरपश्चिम स्पा सेन्टरका सञ्चालकसहितका ६ जनालाई पक्राउ गरिएको …

प्रतिकृया दिनुहॊस