नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले पूर्वप्रधानमन्त्रीहरूले संसदमा जाने इच्छालाई बिट मार्नु पर्ने बताएका छन्। शुक्रबार छोरी मानुषी यमीलाई भोट माग्न पुगेका भट्टराईले सत्ता गठबन्धनका शीर्ष नेतालाई जानकारी गराएर नै आफू संसद बाहिर बसेको पनि बताए ।
भट्टराईले बहुदलीय ब्यवस्थाको उदयपछि नेपाली कांग्रेसका नेता गणेशमान सिंहलाई दिइएको ‘अफर’ अस्वीकार गरेको जनाउँदै त्यागले मात्रै नेताहरू महान हुने बताए। शान्ति प्रक्रियामा आएपछि पहिलोपटक संघीय संसदमा निर्वाचन नलडेका पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले काठमाडौं-७ बाट निर्वाचन लडिरहेकी छोरीलाई भोट माग्दै पूर्वप्रधानमन्त्रीहरूले पनि संसदमा जान छाडेर युवा पुस्तालाई नेतृत्व हस्तान्तण गर्नु पर्ने धारणा राखे ।
‘पदमा बसेर मात्रै मान्छे महान हुँदैन भन्ने गणेशमानजीको त्यागले देखाइसकेको छ, अब हाम्रो पुस्ता लोभलालचले बस्नु हुँदैन,’ भट्टराईले भने, ‘हामी चर-पाँचजना पूर्वप्रधानमन्त्री भइसकेको मान्छे संसदमा लर्को लागेर जान हुन्न, स्थिर सरकार दिएर युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्छ ।’
भट्टराईले सत्ता गठबन्धनका प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई जानकारी दिएर आफूले संसदीय निर्वाचन नलड्ने निर्णय लिएकाेसमेत बताए।
प्रतिकृया दिनुहॊस