सेयर बजार बिहीबार सामान्य ओरालो लागेको छ। नेप्से परिसूचको अनुसार १.३८ अंकले घटेर १ हजार ८ सय ४४ दशमलव १४ अंकको बिन्दुमा आएर रोकिएको छ। ‘क’ वर्गको सेन्सिटिभ इन्डेक्स मा ०.०९ अंकले वृद्धि भएर ३६.०५ अंकमा आएर रोकिएको छ।
बिहीबार १५ लाख ४६ हजार ८५७ कित्ता सेयर किनबेच हुँदा ५० करोड ७६ लाख ८९ हजार ५६१ रुपैयाँको कारोबार भएको छ। बिहीबार १८३ कम्पनीको कारोबार हुँदा ९६ कम्पनीको मूल्य घट्दा ७८ कम्पनीको मूल्य वृद्धि भएको र १० कम्पनी स्थिर रहेको छ।
अभियान लघुवित्त संस्थाको ३ करोड ६९ लाख ५२ हजार बढीको कारोबार भएको छ। गरिमा विकास बैंकको २ करोड ६७ लाख ५४ हजार, एभरेष्ट बैंकको २ करोड ४९ लाख ५ हजारको कारोबार भएको छ।
हाइड्रो पावरको १०.९ प्रतिशत ले बढेको छ। बिन्दवासिनी हाइड्रो पावर ४.३७ ले वृद्धि भएको छ भने विसाल बजार कम्पनीको सेयर मूल्य ४.०४ ले वृद्धि भएको छ।
प्रतिकृया दिनुहॊस