आजकाे माैसम : पश्चिमीसँगै स्थानीय वायुको प्रभाव

नेपालमा पश्चिमी वायुसँगै स्थानीय वायुको सामान्य प्रभाव परेको छ। जसकारण मुलुकका पहाडी भेगमा बदली हुनेछ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। तर, गण्डकी र लुम्बिनीका थोरै स्थान र बाँकी पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

महाशाखाका अनुसार राति पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

शनिबार कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

बीआरआइबारे निर्णय लिन छलफलमा कांग्रेसका शीर्ष नेताहरू

काठमाडौं । सत्तारुढ ठूला दलहरू नेकपा एमाले र नेपाली कांग्रेसबीच बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआइ) …

प्रतिकृया दिनुहॊस