Tag Archives: mainnews

भूकम्पमा बाँचेका पाँच भूकम्पपीडितले चिसोका कारण गुमाए ज्यान

काठमाडौँ । चिसोका कारण जाजरकोटमा ५ जना भूकम्पपीडितको मृत्यु भएको छ । भूकम्पपछि त्रिपालमा बस्दै आएका ५ पीडितको चिसोका कारण मृत्यु भएको हो । शुक्रबार २ जना, गत बुधबार १ जना र गत शुक्रबार २ जनाको चिसोका कारण मृत्यु भएको प्रहरीले जनाएको छ ।

पुरा पढ्नुहॊस »

नेपाली महिला टोलीले जापानलाई हरायो

काठमाडौँ । नेपालले चारदेशीय महिला टी-२० सिरिजको तेस्रो खेलमा जापानलाई पराजित गरेको छ । नेपालले दिएको ११४ रनको लक्ष्य पछाएको जापानले २० ओभरमा अलआउट हुँदै ४६ रन मात्र बनाएपछि नेपाल ६७ रनले विजयी भएको हो । जापानलाई कम रनमा समेट्न नेपाली बलर संगीता राईले ५ विकट लिएकी थिइन् । यसअघि पहिला ब्याटिङ गर्दै नेपालले २० ओभरमा ४ विकेट गुमाउँदै ११३ रन बनाएको थियो । सिरिजमा दुई खेलमा हार र एक …

पुरा पढ्नुहॊस »

गाली गर्ने थलो भयो संघीय संसद् : चन्द्र भण्डारी

काठमाडौँ । नेपाली काँग्रेसका संसद् डा. चन्द्र भण्डारीले संघीय संसद् एकले अर्कोलाई गाली गर्ने थलोमा परिणत भएको टिप्पणी गरेका छन् । शुक्रबारबाट रुपन्देहीमा सुरु भएको तेस्रो राष्ट्रिय औद्योगिक व्यापार मेला तथा कृषि एवं पर्यटन प्रवर्द्धन महोत्सव–२०८० को उद्घाटन समारोहमा बोल्दै उनले संघीय संसद् गाली गर्ने ठाउँमा परिणत हुँदा ऐन, कानुनहरु बनाउने कामले पूर्णता पाउन नसकेको तर्क गरे ।

पुरा पढ्नुहॊस »

धनगढीमा भीषण आगलागी, अस्पतालसहित आठ पसलमा क्षति

काठमाडौँ । कैलालीको धनगढीमा भीषण लागालागी भएको छ । धनगढी उपमहानगरपालिका-१ स्थित सारथी अस्पताल क्षेत्रमा गएराति १ बजे आगलागी भएको हो । आगलागीले अस्पतालसहित आठ पसलमा क्षति भएको प्रहरीले जनाएको छ ।

पुरा पढ्नुहॊस »

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

भकार्यको चर्चा चल्नेछ । परोपकारमा रुचि बढ्नेछ । बन्धु बान्धवबाट सहयोग पनि मिल्नेछ । शेयर बजारबाट पनि राम्रै सफलता मिल्नेछ ।  राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »

बैंकहरूको नयाँ ब्याजदर, एउटाले बढाउँदा अधिकांशले घटाए (सूचीसहित)

काठमाडौँ । वाणिज्य बैङ्कहरूको नयाँ ब्याजदर लागू भएको छ । बैङ्कहरूले मंसिर महिनाका लागि नयाँ ब्याजदर निर्धारण गरी लागू गरेका हुन् । वाणिज्य बैङ्कहरूमा अधिकांशले बैंकको ब्याजदर घटाएका छन् । कात्तिकको तुलनामा मंसिरमा व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर औसतमा ०.३३१६ प्रतिशत र संस्थागत मुद्दतीमा औसतमा ०.३०६६ प्रतिशत बिन्दुले ब्याजदर घटाएका हुन् । कात्तिक महिनामा बैङ्कहरूको औसत ब्याजदर व्यक्तिगततर्फ ९.९६४ प्रतिशत र संस्थागत निक्षेपतर्फ ७.८५२६ प्रतिशत रहेको रहेको थियो । व्यक्तिगततर्फ २० …

पुरा पढ्नुहॊस »

बाह्रबिसे सबस्टेसनको तत्काल निर्माण सक्न प्राधिकरणको ताकेता

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणको उच्च व्यवस्थापनले सिन्धुपाल्चोकको बाह्रबिसेमा निर्माणाधीन २२०/१३२ केभी सबस्टेसनको निर्माण तत्काल सम्पन्न गर्न ताकेता गरेको छ । चिलिमे जलविद्युत कम्पनीको अगुवाइमा सिन्धुपाल्चोकमा अगाडि बढाइएको १०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युत् विद्युत् खेर जान नदिन आयोजनाको विद्युत् जोडिने सबस्टेसन निर्माण सम्पन्न गर्न प्राधिकरणको उच्च व्यवस्थापनले ताकेता गरेको हो । कार्यकारी निर्देशक कुलमान घिसिङ र आयोजना व्यवस्थापन निर्देशनालयका उपकार्यकारी निर्देशक तारा प्रसाद प्रधान सम्मिलित प्राधिकरणको उच्चस्तरीय टोलीले बिहीबार सबस्टेसन निर्माणस्थलको …

पुरा पढ्नुहॊस »

टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्चमा रिट दायर

काठमाडौं । टिकटकलाई प्रतिबन्ध लगाउने मन्त्रिपरिषद्को निर्णय बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन परेको छ । अधिवक्ता दिनेश त्रिपाठीले शुक्रबार सर्वोच्चमा रिट निवेदन दर्ता गराएका हुन् । टिकट बन्द हुँदा संवैधानिक लोकतन्त्र, नागरिकका हक एवं स्वतन्त्रताहरू विधिको शासन अनुसार हुनुपर्नेमा त्यसो नभएको रिट निवेदनमा जिकिर गरिएको छ । अभिव्यक्ति स्वतन्त्रताको समेत हनन हुने दाबी गर्दै त्रिपाठीले टिकटक बन्द गर्ने सरकारको निर्णय बदरको माग गरेका छन् । अधिवक्ता त्रिपाठीले सामाजिक …

पुरा पढ्नुहॊस »

चितवन राष्ट्रिय निकुञ्जमा तस्कर पसेको तथ्य, दुई गैँडा खागविहीन अवस्थामा मृत भेटिए

काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्जमा तस्करबाट दुईवटा गैँडा मारिएका छन् । निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत सतरचुली पोष्टबाट तीन दशमलव पाँच किलोमिटर दक्षिण–पूर्वमा खाल्डोमा पारेर गैँडा मारिएका हुन् । निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार अन्दाजी ६ वर्ष र १८ वर्षका पोथी गैँडा खाल्डोमा मरेको अवस्थामा भेटिएका हुन् । दुवै गैँडा खागविहीन अवस्थामा मृत भेटिएका छन् । उनले भने, ‘६ वर्षको गैँडाको खाग काटिएको देखिएको छ । अर्को ठूलो गैँडाको खाग छैन …

पुरा पढ्नुहॊस »

नेपालमा बन्द भएपछि टिकटकले पठायो पत्र, प्रतिबन्धको निर्णयले आश्चर्यमा

काठमाडाैँ । नेपालमा टिकटक प्रतिबन्ध गर्ने निर्णयले आश्चर्यमा परेको भन्दै टिकटकले नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्र लेखेको छ। टिकटक, दक्षिण एसियाको सार्वजनिक नीति तथा सरकार सम्बन्ध प्रमुख फेरडोस मोटाकिनले प्राधिकरणका अध्यक्ष पुरूषोत्तम खनाललाई सम्बोधन गर्दै गत सोमबार नै पत्र पठाएका हुन्। कात्तिक २७ गते सोमबार बसेको मन्त्रिपरिषद बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको थियो। त्यसको जानकारी प्राधिकरणमार्फत टिकटकलाई दिइएको थियो। जवाफमा टिकटकले नेपाल सरकारको यो निर्णयप्रति आश्चर्य व्यक्त गर्दै बन्द गर्नुपर्ने …

पुरा पढ्नुहॊस »