Tag Archives: mainnews

सभामुखले बोलाएको बैठकमा संसदीय छानबिन समिति बनाउनेबारे जुटेन सहमति

काठमाडौं । सभामुख देवराज घिमिरेले सिंहदरबारमा राखेको शीर्ष नेताहरूको बैठक विना निष्कर्ष सकिएको छ । बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने अडान दोहोर्‍याएको छ । बैठकपछि प्रमुख सचेतक रमेश लेखकले संसदीय छानबिन समिति गठनको माग नै दोहोर्‍याइएको बताए । ‘सहकारीमा लाखौं बचतकर्ताको रकम अपचलन भएको छ । यसमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको कुरा देखिएको छ,’ उनले भने, ‘हामीले गृहमन्त्रीको राजीनामा मागेको …

पुरा पढ्नुहॊस »

जनता समाजवादी पार्टी राजनीतिक दलका रुपमा निर्वाचन आयोगमा दर्ता

पार्टी अध्यक्ष उपेन्द्र यादव विदेशमै रहेका वेला भएको सत्तारूढ दल जनता समाजवादी पार्टी नेपालको विभाजनलाई निर्वाचन आयोगले वैधानिकता दिएको छ । आयोगले नयाँ राजनीतिक दलका रूपमा जनता समाजवादी पार्टी दर्ता गर्ने निर्णय गरेको छ । आयोगको सोमबार बसेको बैठकले उक्त दल दर्तासम्बन्धी निर्णय गरेको सहायक प्रवक्ता रामदत्त पाण्डेयले बताए । तर, यादव नेतृत्वको जसपा नेपालले दल विभाजनसम्बन्धी निर्वाचन आयोगमा दिएको निवेदन नै अवैधानिक भएको दाबी गरेको छ । जसपा नेपालले अवैधानिक निवेदनको आधारमा गरिएको …

पुरा पढ्नुहॊस »

संसदीय छानबिन समिति गठनमा समर्थन गर्न सक्दैनौँ : रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सहकारी हिनामिना प्रकरणमा छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्न अस्वीकार गर्ने निर्णय गरेको छ । मंगलबार बसेको पार्टी संसदीय दलको बैठकले आफ्ना सभापति रवि लामिछानेमाथि सहकारी हिनामिना प्रकरणमा मिथ्या आरोप लगाएको भन्दै संसदीय छानबिन समिति गठन गर्ने विषय अस्वीकार गर्ने निर्णय गरेको हो । बैठकले २८ गतेदेखि बस्ने सदनको बजेट अधिवेशनलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा समेत छलफल गरेको छ । प्रमुख प्रतिपक्षी …

पुरा पढ्नुहॊस »

नोटमा नयाँ नक्सा छाप्ने निर्णयले समस्या निम्त्याउने चिन्ता

काठमाडौं । मन्त्रिपरिषद्को गत बिहीबार १०० रुपैयाँ दरका नोटमा नेपालको नयाँ नक्सा (चुच्चे नक्सा) छाप्ने निर्णय गर्‍यो । ७ जेठ २०७७ मा नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेत समेटेर नेपालको नयाँ नक्सा जारी गरेको थियो । उक्त नक्सा जारी भएसँगै नेपालभरि चुच्चे नक्सा प्रयोग भइरहेको छ । नेपाल राष्ट्र बैंकले निष्कासन गर्ने नोटमा १०० रुपैयाँ दरको नोटमा मात्रै नेपालको नक्सा अंकित छ । राष्ट्र बैंकले कुनै पनि नोटको साइज र …

पुरा पढ्नुहॊस »

प्रधानमन्त्रीसहित शीर्ष नेताहरुसँग संवाद गर्दै सभामुख

काठमाडौं । सभामुखले देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गर्न लागेका छन् । सभामुख घिमिरेले आज बिहान साढे ११ बजे सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बैठक बोलाएका हुन् । संसद्को वर्षे अधिवेशन सुरु हुनुअघि सहकारी प्रकरणमा सहमतिको प्रयासका लागि सभामुखले शीर्ष नेताहरूलाई बैठकमा बोलाएका हुन् । सभामुखले प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र …

पुरा पढ्नुहॊस »

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज यात्रा गर्दा ध्यान दिनुहोला बाटोमा दुःख हुन सक्छ । स्वरोजगारीका निम्ति दौडधुप गर्नुपर्ने हुन सक्छ, तर आफन्तको साथ र सहयोग पाइनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »

जनकपुरमा दिनदहाडै सहकारीबाट लुटियो ८० लाख

काठमाडौं । धनुषाको जनकपुरधामस्थित एक सहकारी संस्थाका कर्मचारीबाट रु ८० लाख लुटिएको छ । दिउँसो शुभश्री बचत तथा ऋण सहकारी संस्था मैनाथपुरमा कार्यरत वीरेन्द्रकुमार महतोलाई पेस्तोल देखाएर तीन जनाले ८० लाख लुटेका जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक रञ्जन आबाले जानकारी दिए । जनकपुरधामको भानुचोकमा रहेको राष्ट्रिय सहकारी बैंकबाट रकम झिकेर सहकारीतर्फ जाँदैगर्दा जनकपुरधाम उपमहानगरपालिका १९ मा महतोका साथमा रहेको सो रकम लुटिएको र जानकारी प्राप्त भएलगत्तै प्रहरी घटनास्थल …

पुरा पढ्नुहॊस »

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले गर्‍यो ‘स्वस्थ जीवन प्रवर्द्धन’ कार्यक्रम (फोटो फिचरसहित)

काठमाडौं । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र काठमाडौंले ‘स्वस्थ जीवन प्रवर्द्धन’ कार्यक्रम’ कार्यक्रम सम्पन्न गरेको छ । नागरिकहरूमा प्रमुख नसर्ने रोगहरूको समयमा नै पहिचान गरी उपचार तथा परामर्श सेवा प्रदान गरी नसर्ने रोगहरू न्यूनीकरणमा सघाउ पुर्याउने उदेश्यले कार्यक्रम गरिएको हो । दुई चरणमा गरिएको कार्यक्रममा १ सय २० जनाको सहभागीता रहेको थियो । यस वर्षको आयुर्वेद तथा योगका लागि नाराः ‘मानसिक स्वास्थ्य प्रवर्द्धनका लागि आयुर्वेद, योग र ध्यान’ भएकोले मानसिक स्वास्थ्यप्र …

पुरा पढ्नुहॊस »

कांग्रेस र एमाले मिलेर सरकार बनाउनुपर्छ भन्ने मत बलियो छ : प्रमुख सचेतक लेखक

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले ठूला राजनीतिक दलहरुबिच अस्थिरताबाट मुलुक जोगाउन र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि सहमति, सहकार्य र संवाद आवश्यक रहने बताएका छन् । नेपाल प्रेस युनियन कञ्चनपुर शाखाले महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख सचेतक लेखकले अहिलेको सरकार समीकरणमा नेकपा एमालेभित्र पनि असन्तुष्टि रहेको उल्लेख गर्दै सत्ता समीकरणबारे आफैँमा विरोधाभास र आशङ्का रहेको धारणा राखे । ‘नेपाली कांग्रेस र एमालेभित्र ठूला दल मिलेर सरकार बनाउनुपर्छ …

पुरा पढ्नुहॊस »

जसपा विभाजन : वैकल्पिक गठबन्धन बन्न नदिने प्रयास

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच सघन छलफल भएको छ । शनिबार राति प्रधानमन्त्रीनिवास बालुबाटारमा सत्तारूढ गठबन्धनमा आबद्ध प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूबीच छलफल भएको हो । तीन नेताबीच समसामयिक राजनीति र बजेट अधिवेशनको विषयमा झण्डै तीन घण्टा छलफल भए पनि सत्तारूढ गठबन्धनको अर्को घटक नेकपा एकीकृत समाजवादी (नेकपा एस)का …

पुरा पढ्नुहॊस »