Tag Archives: मेगा बैंक

मेगा बैंकद्वारा ०७९ को इक्यालेण्डर सावर्जनिक, छात्राहरुलाई प्राथमिकता

मेगा बैंक नेपाल लिमिटेडले विक्रम सम्वत २०७९ सालका लागि इक्यालेण्डर सार्वजनिक गरेको छ। यस बर्षको क्यालेण्डरमा मेगा बैंकले आर्थिक अवस्था कमजोर र विपन्न परिवारका छात्राहरुलाई मुख्य प्राथमिकता दिएको छ । आर्थिक अवस्था कमजोर भएका विपन्नवर्ग परिवारका छोरीहरुको उज्जवल भविष्यलाई सुनिश्चित गर्ने प्रयास स्वरुप मेगा बैंकले ‘शिक्षा नै ज्योति अभियान’ अन्तर्गत देशभरका प्रत्येक शाखाबाट २–२ जना छात्राहरुलाई आर्थिक सहयोगको व्यवस्था गरेको छ। शिक्षामा बालिकाहरुको पहुँचलाई स्थापित गर्दै महिला सशक्तिकरणमा टेवा पुर्याउन …

पुरा पढ्नुहॊस »

मेगा बैंकद्वारा देशव्यापी वित्तीय साक्षरता अभियान

मेगा बैंक नेपाल लिमिटेडले देशव्यापी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । ‘ग्लोबल मनी वीक २०२२’ लाई सफल बनाउने उद्देश्यले मेगा बैंकले चैत ७ गतेदेखि १३ गतेसम्म सातै प्रदेशका विभिन्न शाखा कार्यालयहरुमार्फत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो । जस अन्तर्गत प्रदेश नम्बर १, मधेश प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका तीन–तीन वटा शाखा तथा बागमती प्रदेशका चार वटा शाखा र गण्डकी प्रदेशका ६ वटा शाखा गरी बैंकका …

पुरा पढ्नुहॊस »

काठमाडौंकाे कुलेश्वरमा मेगा बैंकको २०४ औँ शाखा

मेगा बैंक नेपाल लिमिटेडले काठमाडौंकाे कुलेश्वरमा नयाँ शाखा विस्तार गरेको छ। मेगा बैंकले काठमाडौं महानगरपालिका वडा नम्बर १४ कुलेश्वरमा आइतबारदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको हो। यो बैंकको २०४ औँ शाखा हो। मेगा बैंकले यसै आर्थिक वर्षमा १७ वटा नयाँ शाखा विस्तार गरिसकेको छ।

पुरा पढ्नुहॊस »

विराटनगर एयरपोर्टका ट्याक्सीमा मेगा बैंकको क्यूआर कोडबाट भुक्तानी सुविधा

मेगा बैंक नेपाल लिमिटेडले विराटनगर एयरपोर्टमा सञ्चालित ट्याक्सीहरुमा क्यूआर कोड भुक्तानी प्रविधिबाट भाडा भुक्तानी सेवा सुरु गरेको छ । नेपाल राष्ट्र बैंक विराटनगर कार्यालय प्रमुख निर्देशक मीना पाण्डेले एयरपोर्ट ट्याक्सी प्रबर्द्धन केन्द्र प्रा.लि.सँग आबद्ध ट्याक्सीका चालकलाई बिहीबार एक समारोहबीच क्यूआर कोड हस्तान्तरण गरी यो सेवाको शुभारम्भ गरेकी हुन् । कार्यक्रममा नेपाल राष्ट्र बैंक, विराटनगर कार्यालयका उपनिर्देशक लक्ष्मीप्रसाद तिमिल्सिनाको पनि उपस्थिति थियो । यो सुबिधाबाट एयरपोर्टमा आवतजावत गर्ने यात्रुहरुलाई नगदै भाडा …

पुरा पढ्नुहॊस »

अर्घाखाँचीको धनचाैरमा मेगा बैंककाे शाखारहित बैंकिङ सेवा सुरु

अर्घाखाँचीकाे भूमिकास्थान नगरपालिका-१० धनचौरमा मेगा बैंककाे शाखारहित बैंकिङ सेवा सुरु भएकाे छ। बैंक तथा वित्तीय सेवाको पहुँचबाट टाढा रहेका ग्रामीण क्षेत्रका बासिन्दासम्म बैंकिङ पहुँच विस्तार गर्न शाखारहित सेवा थालिएकाे मेगा बैंक अर्घाखाँची शाखा प्रबन्धक लक्ष्मण क्षेत्रीले बताए। मेगाले सेवा सुरु गरेपछि भूमिकास्थान नगरपालिका-१० का अध्यक्ष खगिश्वर पन्थीले खुसी व्यक्त गरे। शाखारहित बैंकिङ सेवाको मेयर रेशम थापाले उद्घाटन गरेका हुन् । थापाले धनचौरमा मेगाले शाखारहित बैंकिङ सुविधा ल्याउँदा नागरिकलाई बैंकिङ सेवा …

पुरा पढ्नुहॊस »

मेगा बैंकद्वारा भक्तपुर जिल्लामा सिसिटिभी जडान गर्न सहयोग

मेगा बैंक नेपाल लिमिटेडले भक्तपुर जिल्लाका महत्वपूर्ण स्थानहरुमा सिसिटिभी जडान गर्न आर्थिक सहयोग गरेको छ। मेगा बैंक नेपाल लिमिटेडकी सिइओ अनुपमा खुञ्जेलीले बैंकको केन्द्रीय कार्यालय राइजिङ मलमा एक समारोहबीच भक्तपुर जिल्ला सिसिटिभी जडान समितिका पदाधिकारीलाई सिसिटिभी खरिदका लागि दुई लाख पचास हजार रुपैयाँको चेक हस्तान्तरण गरिन् । सो अवसरमा उक्त समितिका संयोजक प्रदिप कुमार श्रेष्ठ, कोषाध्यक्ष नविन प्रजापति, सचिव पदमलाल शिलाकार र सदस्य सचिव प्र.ना.उ. राजु पाण्डेको सहभागिता रहेको थियो। …

पुरा पढ्नुहॊस »

मेगा बैंकको वित्तीय साझेदारीमा धरानमा फोहोरबाट ग्यास उत्पादन सुरु

मेगा बैंक लिमिटेडको वित्तीय साझेदारीमा नेपालमै पहिलोपटक धरानमा फोहोर प्रधोशन केन्द्रबाट ग्यास तथा जैविक मल उत्पादन सुरु गरिएको छ । भेञ्चर वेस्ट टु इनर्जी प्रालिद्वारा धरान उपमहानगरपालिका तथा सरकारको वैकल्पिक ऊर्जा प्रबद्र्धन केन्द्रको सहकार्यमा धरान– ६ पानबारीस्थित फोहोर प्रशोधन केन्द्रबाट ग्यास तथा मल उत्पादन सुरु गरिएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा समुद्घाटन गरिएको निजी सार्वजनिक साझेदारी अवधारणा अनुरुप निजी क्षेत्रबाट स्थापित यस आयोजनाको वित्तीय साझेदार मेगा बैंक रहेको …

पुरा पढ्नुहॊस »

मेगा बैंक र मोको डिजिटल वालेटबीच साझेदारी

मेगा बैंक नेपाल लिमिटेडले डिजिटल बैंकिङ्ग सुविधालाई अझ सुदृढ एवम् परिस्कृत गर्ने उद्देश्यले विभिन्न बैंक तथा वित्तीय संस्थाहरुको कार्डको लागि साझा केन्द्रको रूपमा कार्य गर्ने मोको डिजिटल वालेटसँग सहकार्य गरेको छ। यो साझेदारीसँगै मेगा बैंकका खातावालहरूले अब सिधै आफ्नो डेबिट वा क्रेडिट कार्डहरू मोको डिजिटल वालेटमा बिना कुनै मौज्दात, बिना कुनै शुल्क सहजरुपमा लोड गरी मोको डिजिटल वालेटको प्रयोग गर्न सक्नेछन् । मोको डिजिटल वालेटमार्फत प्रयोगकर्ताहरूले आफ्नो वालेटमा कुनै पनि …

पुरा पढ्नुहॊस »

मेगा बैंकले ल्यायो अत्याधुनिक मोबाइल बैंकिङ सुविधा

मेगा बैंक नेपाल लिमिटेडले डिजिटल बैंकिङ्ग प्रयोगकर्ताहरुको सुविधालाई मध्यनजर गर्दै ओम्नी च्यानल प्रणालीमा आधारित डिजिटल बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । बैंकले सम्पूर्ण डिजिटल बैंकिङ्ग सेवाहरु मोबाइल बैंकिङ्ग एप ‘मेगा स्मार्ट बैंकिङ’वा वेब URL https://bankxp.megabank.com.np को माध्यमबाट समेत प्रयोग गर्न मिल्ने जानकारी गराएको छ । डिजिटल बैंकिङ सेवालाई अझ सरल, सुरक्षित तथा उत्कृष्ट बनाउँदै बैंकमा खाता भएका एवं नभएका ग्राहकहरुलाई समेत लक्षित गर्दै बिना चेक नगद निकाल्न-पठाउन मोवाइल क्यास, रकम …

पुरा पढ्नुहॊस »

मेगा बैंकको ११ औं बार्षिक साधारणसभा सम्पन्न, १२.०७ प्रतिशत लाभांश पारित

मेगा बैंक नेपाल लिमिटेडले शेयरधनीहरुका लागि बोनस शेयरसहित १२ दशमलव ०७ प्रतिशत लाभांश पारित गरेको छ। काठमाडौँमा मंगलबार सम्पन्न बैंकको एघारौं बार्षिक साधारण सभाले आर्थिक वर्ष २०७७÷७८ सम्म सञ्चित मुनाफा एवं वितरणयोग्य रकम मध्येबाट हाल कायम चुक्ता पुँजीको १२ दशमलव ०७ प्रतिशतले हुन आउने १ अर्ब ७६ करोड ८८ लाख ५४ हजार २ सय ७० रुपैँयाँ ३८ पैसा लाभांश पारित गरेको हो । त्यसमध्ये चुक्ता पुँजीको १० प्रतिशतले हुन आउने …

पुरा पढ्नुहॊस »