Tag Archives: मेगा बैंक

मेगा बैंककाे नयाँ शाखा परासीमा

मेगा बैंक नेपालले परासीमा नयाँ शाखा विस्तार गरेको छ। बैंकले लुम्बिनी प्रदेशको नवलपरासी (सुस्ता पश्चिम) सदरमुकाम परासीस्थित रामग्राम नगरपालिका वडा नम्बर ३ मा नयाँ शाखा विस्तार गरेको हो। यो मेगा बैंकको २०३औं शाखा हो। बैंकले चालु आर्थिक वर्षमा १६ वटा नयाँ शाखा विस्तार गरिसकेको छ।

पुरा पढ्नुहॊस »

रौतहटका किसानहरुलाई मेगा बैंकको कृषि कर्जा तथा वित्तीय साक्षरता कार्यक्रम

मेगा बैंक नेपाल लिमिटेडले परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गरी व्यवसायिक रुपमा कृषि कार्य गर्न रौतहट जिल्लाका गुजरा नगरपालिकाका किसानहरुलाई कृषि कर्जा तथा वित्तीय साक्षरताका सम्बन्धमा अभिमुखीकरण कार्यक्रम गरेको छ। मेगा बैंकले उर्बर नेपाल पब्लिक लिमिटेडसँगको सहकार्यमा रौतहट जिल्लाको गुजरा नगरपालिका किसानहरुलाई वित्तीय साक्षरता कार्यक्रम संचालन गरी बैंकको ब्याज अनुदानसहितको कृषि कर्जा, वचत, मेगा किसान कार्ड तथा अन्य सेवा सुविधाहरुको बारेमा जानकारी प्रदान गरेको हो । बैंकले वित्तीय साक्षरता कार्यक्रममार्फत धान, …

पुरा पढ्नुहॊस »

भोजपुर नगरपालिकाका साना किसानका लागि मेगा बैंकको सहुलियत कर्जा प्रवाह गर्ने सम्झौता

मेगा बैंक नेपाल लिमिटेडले साना कृषक तथा उद्यमीहरुको कृषि तथा उद्यम व्यवसायलाई प्रबर्द्धन गर्ने उद्देश्यले भोजपुर नगरपालिकासँग सम्झौता गरेको छ। सम्झौता पत्रमा मेगा बैंकका माइक्रो फाइनान्सिङ्ग विभागका प्रमुख पुण्यप्रसाद खनियाँ र भोजपुर नगरपालिका मेयर कैलाश आलेले हस्ताक्षर गरे । हस्ताक्षर कार्यक्रममा बोल्दै बैंकका विभागीय प्रमुख खनियाँले कृषकहरुलाई आधुनिक ढंगले कृषि कार्यलाई व्यवसायीकरण गर्न बैंकको शाखा कार्यालयमार्फत छिटो छरितो ढंगले प्राथमिकताका साथ कर्जा दिने प्रतिबद्धता ब्यक्त गरे। भोजपुर नगरपालिकाका मेयर आलेले …

पुरा पढ्नुहॊस »

धादिङका साना किसान तथा व्यवसायीहरुलाई मेगा बैंकको सहुलियत कर्जा

मेगा बैंक नेपाल लिमिटेडले धादिङका साना किसान तथा लघु उद्यमीहरुलाई कृषि तथा लघु उद्यमी कर्जा प्रदान गर्ने भएको छ। मेगा बैंक नेपाल लिमिटेड, त्रिपुरासुन्दरी गाउँपालिका, मेगा क्यापिटल मार्केटस् लिमिटेड र धादिङ उद्योग बाणिज्य संघबीच यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ। सम्झौता अनुसार, त्रिपुरासुन्दरी गाउँपालिकाका साना किसान तथा लघु उद्यमी तथा व्यवसायीहरुलाई कृषि तथा लघु व्यवसाय स्थापना तथा संचालनका लागि मेगा बैंकले त्रिपुरासुन्दरी गाउँपालिका, धादिङस्थित शाखा कार्यालयवाट सहुलियतपूर्ण कर्जा प्रदान गर्नेछ। कर्जाका …

पुरा पढ्नुहॊस »

साना विद्युतीय यातायात व्यवसायीलाई मेगा बैंकको सहुलियत कर्जा

मेगा बैंक नेपाल लिमिटेडले लघु तथा साना उद्यमीहरुलाई प्रबद्धन गर्ने उद्देश्यले नेको इनर्जी सोलुसन कम्पनी प्राइभेट लिमिटेडसँग सम्झौता गरेको छ। काठमाडौंको कमलादीस्थित बैंकको कर्पोरेट कार्यालयमा एक समारोहका बीच मेगा बैंककी नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र नेको इनर्जी सोलुसनका व्यवस्थापकीय निर्देशक मिलनकुमार पौडेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। सम्झौता अनुसार, नेको इनर्जी सोलुसनसँग आबद्ध साना विद्युतीय यातायात व्यवसायीहरुलाई स्वरोजगार तथा व्यवसाय संचालनका लागि मेगा बैंकले नेपाल राष्ट्र बैंकको …

पुरा पढ्नुहॊस »

झापाको भद्रपुरमा मेगा बैंकको एटीएम सेवा

मेगा बैंक नेपाल लिमिटेडले झापा जिल्लाको भद्रपुर नगरपालिकास्थित घोडामारामा एटीएम सेवा विस्तार गरेको छ। झापाको भद्रपुर नगरपालिका वडा नम्बर ८, घोडामारास्थित सशस्त्र प्रहरीको २ नम्बर ब्यारेक अगाडि आइतबार विशेष कार्यक्रमका बीच मेगा बैंकले एटीएम सेवा सञ्चालन गरेको हो । सशस्त्र प्रहरी उपरीक्षक रमेशकुमार पाण्डेको प्रमुख आतिथ्यता तथा मेगा बैंकका १ नम्बर प्रदेश प्रमुख विवेकबन्धु न्यौपानेको विशेष आतिथ्यतामा भएको कार्यक्रममा सेवाग्राहीहरुको पनि सहभागिता रहेको थियो। योसँगै १ सय ३७ स्थानमा मेगा …

पुरा पढ्नुहॊस »