Tag Archives: भूकम्प

सुदूरपश्चिम प्रदेशमा भूकम्प महसुस

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ। आइतबार बिहान ९ बजेर २६ मिनेटमा गएको चार दशमलव छ रेक्टर स्केलको उक्त भूकम्पको धक्का बैतडी, बझाङ, डोटीलगायतका जिल्लामा गरिएको हो। भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माका अनुसार उक्त भूकम्पको धक्का बझाङको लेखगाउँ रहेको छ। भूकम्पको क्षतिबारे कुनै जानकारी नआएको जनाइएको छ।

पुरा पढ्नुहॊस »

काठमाडौं आसपास भूकम्पको शक्तिशाली झड्का

काठमाडौं आसपास भूकम्पको शक्तिशाली झड्का महसुस भएको छ । बुधबार दिउसो ३ बजेर ८ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो । थप विवरण आउन बाँकी छ ।

पुरा पढ्नुहॊस »

काठमाडौंमा भूकम्पको धक्का महसुस

शनिवार बिहान काठमाडौं आसपास भूकम्पको धक्का महसुस भएको छ। काठमाडौं लगायतका क्षेत्रमा बिहान २ बजेर ३६ मिनेटमा भूकम्पको झड्का महसुस भएको हो। बिहानीपख गएको भूकम्पको धक्कापछि सर्वसाधारणहरु घर बाहिर निस्किएका थिए । थप विवरण आउन बाँकी छ ।

पुरा पढ्नुहॊस »

जापानमा ५.८ म्याग्निच्युडको भूकम्प

जापानको इबाराकी प्रान्तमा ५.८ म्याग्निच्युडको भूकम्प गएको समाचारमा जनाइएको छ। जापानको मेटेरियोलोजिकल विभागले जनाएअनुसार यहाँ सुनामीको खतरा भने देखिएको छैन। यहाँ आइतबार दिउँसो ५.८ म्याग्निच्युडको भूकम्प आएको र यसबाट सुनामीको खतरा नदेखिएको सूचना जारी गरिएको समाचारमा जनाइएको छ। उक्त भूकम्पबाट भएको क्षतिको बारेमा अहिले नै सूचना आएको छैन । अधिकारीहरुले सो क्षेत्रमा उद्धारकर्ताहरु खटिरहेको जनाएका छन् ।

पुरा पढ्नुहॊस »

इन्डोनेसियामा शक्तिशाली भूकम्प

इन्डोनेसियाको जाकार्तामा शक्तिशाली भूकम्पको धक्का महसुस भएको बताइएको छ। मंगलबार बिहानै पश्चिमी इन्डोनेसियाको बेंकुलुमा भूकम्पको धक्का महसुस भएको बताइएको छ। सो भूकम्प ६ म्याग्निच्युडको रहेको त्यहाँका अधिकारीहरुले जनाएका छन्। त्यहाँको भौगर्भिक सर्वेक्षण संस्थाले जनाएअनुसार सो भूकम्प शक्तिशाली रहेको र यसको क्षतिबारे विवरणहरु संकलन भइरहेको छ। भूकम्पको प्रभावित रहेको क्षेत्रमा उद्धार तथा खोजीको काम भइरहेको बताइएको छ। प्रारम्भिक रिपोर्टमा अहिलेसम्म कुनै क्षतिको विवरण थाहा भएको छैन।एजेन्सी

पुरा पढ्नुहॊस »

सुदूरपश्चिम प्रदेशमा भूकम्पको धक्का महसुस

बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ। भूकम्पमापन केन्द्र सुर्खेतका प्राविधिक सहायक तीर्थराज दहालका अनुसार आज बिहान १० बजेर १८ मिनेटमा ५.३ रेक्टर स्केलको भूकम्प गएको हो। उक्त भूकम्पको केन्द्रविन्दु दार्चुलाबाट ३० किलोमिटर पश्चिम भारतमा रहेको केन्द्रले जनाएको छ। भूकम्पको धक्का सुदूरपश्चिमका बैतडी, दार्चुला, बझाङ र डडेल्धुरामा भूकम्पको महसुस गरिएको छ। भूकम्पबाट अहिलेसम्म क्षति भएको विवरण नआएको प्रहरीले जनाएको छ। यसअघि यही वैशाख ६ गते पनि सुदूरपश्चिमकै …

पुरा पढ्नुहॊस »

ताप्लेजुङ केन्द्रविन्दु भएर गयाे भूकम्प

नेपालको पूर्वीपहाडी जिल्ला ताप्लेजुङको उत्तरी क्षेत्र ओलाङचुङगोला केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज साँझ ७ः१७ बजे ताप्लेजुङ जिल्लाको ओलाङचुङ गोला केन्द्रविन्दु भएर ३.५ रेक्टर स्केलको भूकम्प गएको हो । उक्त भूकम्प गोरखा भूकम्पको परकम्प नभई नयाँ भूकम्प भएको सो केन्द्रले जनाएको छ। गाेरखा भूकम्प गएकाे आज वैशाख १२ गते ७ वर्ष पुरा भएकाे छ ।

पुरा पढ्नुहॊस »

फ्रान्समा ७ म्याग्निच्युडको भूकम्प

फ्रान्सेली क्षेत्र न्यु क्यालेडोनियाको पूर्वमा बिहीबार ७ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ। भूकम्पपछि केही प्रशान्त टापुहरूमा सुनामीकाे चेतावनी दिइए पनि पछि त्यो प्रभावकारी नभएको बताइएको छ। उक्त भूकम्पको गहिराई १० किलोमिटर रहेको छ। भूकम्पबाट न्यु क्यालेडोनियामा कुनै क्षति नभएको एएफपीले जनाएको छ। ‘भूकम्पको स्थान, गहिराइ र म्याग्निच्युडलाई मनन गर्दा न्यु क्यालेडोनियामा सुनामीको कुनै जोखिम छैन’, अधिकारीहरूलाई उदृत गर्दै सो समाचार संस्थाले जनाएको छ। भूकम्पसम्बन्धी थप विवरण संकलन …

पुरा पढ्नुहॊस »

इन्डोनेसियामा ६.२ म्याग्नीच्युडको भूकम्प

इन्डोनेसियामा शुक्रबार ६.२ म्याग्नीच्युडको भूकम्प गएको छ। भूकम्पका कारण अहिलेसम्म कम्तीमा दुई जनाको मृत्यु भएको विवरण प्राप्त भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन्। उनीहरुका अनुसार अरु २० जना घाइते भएका छन् भने अरु क्षतिको विवरण आउन बाँकी नै रहेको छ। इन्डोनेसियाको सुमात्रालाई केन्द्रविन्दु बनाएर आएको भूकम्पका कारण धेरै भौतिक संरचनामा क्षति पुगेको छ। भूकम्पका कारण आँधीको सम्भावना भने नरहेको जनाइएको छ। भूकम्पले पारेको असर सम्वन्धी दृश्यहरु सञ्चार माध्यम तथा सामाजिक …

पुरा पढ्नुहॊस »

बैतडी केन्द्रविन्दु भएर भूकम्प

बैतडीको कोटपेट्रा केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार दिउँसो ३:५२ बजे कोटपेट्रा केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको हो। उक्त भूकम्प गोरखा भूकम्पको परकम्प नभई नयाँ भूकम्प भएको सो केन्द्रले जनाएको छ। यस्तै बिहान लमजुङको बेँसीसहर केन्द्रविन्दु भएर भूकम्प गएको थियो ।

पुरा पढ्नुहॊस »