Tag Archives: भूकम्प

पाकिस्तानमा ५.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा १८ जनाकाे मृत्यु

पाकिस्तानको दक्षिणी बलोचिस्तान प्रान्तमा भूकम्प जाँदा कम्तीमा १८ जनाको ज्यान गएको अधिकारीहरूले जनाएका छन्। विपद्‌ व्यवस्थापनसम्बन्धी अधिकारीहरूका अनुसार मृतकको सङ्ख्या बढ्न सक्छ। भूकम्पपछि क्वेटा शहरका मानिसहरू सडकमा निस्केको सामाजिक सञ्जालमा राखिएका तस्वीरमा देखिन्छ। प्रारम्भिक रिपोर्टहरूका अनुसार ५.७ म्याग्निच्युडको भूकम्प गएको अनुमान छ। भूकम्पका कारण घरहरू भत्कँदा च्यापिएर मानिसहरूको ज्यान गएको एक अधिकारीले बताए। स्थानीय जीओ टेलिभिजनले जनाएअनुसार करिब ५० जना घाइते भएका छन्। बीबीसीले जनाए अनुसार तीमध्ये कतिपयको गम्भीर अवस्थामा …

पुरा पढ्नुहॊस »

सिन्धुपाल्चोक केन्द्र भएर दुईपटक भूकम्पकाे धक्का

सिन्धुपाल्चोक जिल्लालाई केन्द्र बनाएर आज मात्र दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाए अनुसार साँझ ७ बजेर ५८ मिनेट जाँदा ४.६ रेक्टर स्केलको भूकम्प गएको थियो। यस्तै ८ बजेर १३ मिनेटमा पनि ४.१ रेक्टरको भूकम्प गएको हो। भूकम्पको धक्का काठमाडौं उपत्यका र आसपासका जिल्लाहरुमा समेत महसुस गरिएको थियो। काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप र काठमाडौं उपत्यकामा महसुस गरिएको थियो। शुक्रबार पनि सिन्धुपाल्चोकबाटै ४.२ रेक्टरको भूकम्प गएको थियो।

पुरा पढ्नुहॊस »

सिन्धुपाल्चोक केन्द्र भएर गयाे ४.६ रेक्टर स्केलको भूकम्प

सिन्धुपाल्चोक जिल्लालाई केन्द्र बनाएर ४.६ रेक्टर स्केलको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाए अनुसार साँझ ७ बजेर ५८ मिनेट जाँदा भूकम्प गएको हो। भूकम्पको धक्का काठमाडौं उपत्यका र आसपासका जिल्लाहरुमा समेत महसुस गरिएको थियो। काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप र काठमाडौं उपत्यकामा महसुस गरिएको थियो। भूकम्प गएपछि सर्वसाधारणहरु घर बाहिर निस्किएका थिए। शुक्रबार पनि सिन्धुपाल्चोकबाटै ४.२ रेक्टरको भूकम्प गएको थियो।

पुरा पढ्नुहॊस »

भूकम्पको धक्काले सर्वसाधारण त्रासमा

काठमाडौं उपत्यका र आसपासका जिल्लाहरुमा शक्तिशाली भूकम्प गएको छ। साँझ ७ बजेर ५८ मिनेट जाँदा भूकम्प गएको हो । भूकम्पको धक्का काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप र काठमाडौं उपत्यकामा महसुस गरिएको छ । भूकम्प गएपछि सर्वसाधारणहरु घर बाहिर निस्किएका थिए। थप विवरण आउन बाँकी छ ।

पुरा पढ्नुहॊस »

सुदूरपश्चिमका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस

बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा आज भूकम्प गएको छ। राति ८ बजेर ४० मिनेटमा गएको भूकम्पले बैतडी, दार्चुला र बझाङलगायत जिल्लामा धक्का महसुस गरिएको हो। भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख तीर्थराज दाहालका अनुसार ४ दशमलब ४ रेक्टर स्केलको उक्त भूकम्पको केन्द्रबिन्दु दार्चुलाबाट उत्तरपश्चिम ४० किमी भारतमा रहेको छ। भूकम्पको क्षतिबारे कुनै जानकारी नआएको प्रहरीले जनाएको छ। यसअघि गत असोज ४ गते पनि दार्चुलाको खर्रा केन्दुबिन्दु बनाएर ४ दशमलब २ रेक्टर स्केलको …

पुरा पढ्नुहॊस »

दोलखा केन्द्रविन्दु बनाएर भूकम्प

दोलखाको नाम्डु केन्द्रविन्दू भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार राति ८ बजेर ४१ मिनेट जाँदा दोलखाको नाम्डु केन्द्रविन्दू भएर ४.३ म्याग्नीच्यूटको भूकम्प गएको हो। साे भूकम्प गोरखा भूकम्पको पराकम्प भएको केन्द्रले जनाएको छ।

पुरा पढ्नुहॊस »

अफगानिस्तानमा ५ म्याग्नीज्युडको भूकम्प

अफगानिस्तानको फाएजाबादबाट ५७ किलोमिटर उत्तरपश्चिममा रेहको स्थानमा ५ म्याग्नीज्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजीएस) जानकारी दिएको छ। ग्रीनवीच समय अनुसार ०४ः५ सो भूकम्प गएको बताइएको छ। यस भूकम्पको केन्द्रविन्दु १० किलोमिटर गहिराईमा ३७.६१३३ डिग्री उत्तरी अक्षांश र ७०.३७८१ डिग्री पूर्वी देशान्तरमा रहेको थियो । भूकम्पबाट धनजनको क्षति भएको कुनै समाचारमा हालसम्म प्राप्त भएको छैन।

पुरा पढ्नुहॊस »