Tag Archives: प्रकाशमान सिंह

भौतिक विकासले मतदाताको मन जित्न सफल भएँ : प्रकाशमान सिंह

कांग्रेस नेता प्रकाशमान सिहंले विगत पाँच वर्षमा आफ्नो नेतृत्वमा भएको भौतिक विकासले मतदाताको मन जित्न सफल भएको बताएका छन् । काठमाडौं क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका नेता सिंहले घरदैलो कार्यक्रममा यस्तो बताएका हुन् । यस क्षेत्रबाट मतदाताले आफूलाई तीन पटक विश्वास गरेको तर सुरुको दुई पटक संविधान निर्माणमा व्यस्त रहनु परेकाले भौतिक विकासमा त्यति समय दिन नसके पनि संविधान निर्माणपछि भने आफूले यस क्षेत्रको हरेक विकासका गतिविधि …

पुरा पढ्नुहॊस »

कांग्रेसले आर्थिक क्रान्तिको अभियान अगाडि बढाउँछ : प्रकाशमान सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसले मुलुकमा आर्थिक क्रान्तिको अभियान अगाडि बढाउने बताएका छन्। नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ७ प्रदेश (ख) ले आज आयोजना गरेको कार्यालय उद्घाटन कार्यक्रममा उनले संविधानको नेतृत्व गरेको पार्टी कांग्रेसले आर्थिक क्रान्तिको नेतृत्वसमेत गर्ने जिकिर गरेका हुन् । बहुदल आएपछि काठमाडौँ क्षेत्र नं ७ को विकासले फड्को मारेको उनको भनाइ थियो । पार्टीका पूर्वमहामन्त्री सिंहले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनले प्रदेश र प्रतिनिधिसभाको …

पुरा पढ्नुहॊस »

गठबन्धन अहिलेकाे आवश्यकता होः नेता सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले गठबन्धन मुलुकको वर्तमान आवश्यकता भएको बताएका छन्। सामाखुसी यातायात प्रालिले आज आयोजना गरेको ‘नयाँ वर्ष २०७९ सालको शुभकामना आदानप्रदान, क्यालेन्डर विमोचन एवम् प्रजातान्त्रिक यातायात व्यवसायीलाई सम्मान’ कार्यक्रममा उनले संविधान रक्षाका लागि गठबन्धन आवश्यक रहेको बताएका हुन्। निर्वाचन केन्द्रित भएर लाग्न नेता सिंहले सबैलाई आग्रहसमेत गरे। पूर्वउपप्रधानमन्त्री सिंहले मुलुकको अर्थतन्त्रमा यातायात व्यवसायीको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै यातायात व्यवसायीलाई राज्यले सम्मान गर्नुपर्ने बताए। उनले प्रजातान्त्रिक यातायात …

पुरा पढ्नुहॊस »

पार्टीले गरेका निर्णयलाई सबैले मानेर अगाडि बढ्नु पर्छ : प्रकाशमान सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आगामी स्थानीय तहको निर्वाचनमा स्थानीय आवश्यकताको आधारमा गठबन्धन गरिने बताएका छन् । नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं १ ले आज बानेश्वरमा आयोजना गरेको ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानको क्षेत्रीय भेलामा बोल्दै उनले संविधानको रक्षाका लागि गठबन्धन जोगाउनु पर्ने बताए। सिंहले पार्टीले गरेका निर्णयलाई सबैले मानेर अगाडि बढ्नुपर्ने धारणा राखे । पार्टीका नेताले पार्टीले गरेका निर्णयको विरुद्धमा बोल्दा समाजमा नकारात्मक भ्रम सृजना हुने भन्दै उनले यसप्रति …

पुरा पढ्नुहॊस »

एमसीसीमा कुनै राष्ट्रघात भएकाे छैन : नेता सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नागरिकले सहजरुपमा न्याय पाउन नसकेकाले प्रधानन्यायाधीशमाथि महाभियाेग लगाउनु परेकाे बताएका छन् । जसले न्यायालयकाे नेतृत्व गरेकाे छ उसकाे नेतृत्व असफल भएपछि समग्र न्यायालय सुधारका लागि संविधान सम्वत सुधारकाे प्रयास थालिएकाे बताए । आज राजधानीकाे मीनभवनमा आयाेजित नेपाली कांग्रेसकाे एक महिने घरघर जाउँ, कांग्रेस जिताउँ अभियान अन्तर्गत आयाेजित कार्यक्रममा बाेल्दै नेता सिंहले उक्त कुरा बताएका हुन् । साे अवसरमा बाेल्दै कांग्रेस कार्यकर्ताले जनताकाे घरघरमा पुगेर एमसीसीका …

पुरा पढ्नुहॊस »

दलहरूले अब राजनीतिभन्दा माथि उठेर देशका लागि सोच्नु पर्छ : प्रकाशमान सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपाली समाजलाई अगाडि बढाउनका लागि शिक्षा लगायतका क्षेत्रमा राजनीतिभन्दा माथि उठेर सोच्नु पर्ने बताएका छन्। राजनीतिक पार्टीहरुले सबै विकासका गतिविधिलाई ओभर पोलिटिसाइज नगरि प्रजातान्त्रिक बिधिसम्वत तरिकाले कार्य गर्नु पर्ने उनले बताए । आज काभ्रे बहुमुखी क्याम्पसकाे तेस्रो क्याम्पस सभालाई धुलिखेलमा सम्बाेधन गर्दै सम्पूर्ण राजनीतिक पार्टीहरुले भाषण बाजी मात्र नभई शिक्षा, उद्याेग जस्तो समाज रुपान्तरणका प्रमुख क्षेत्रकाे विकासमा गति दिने काम गरेर देखाउनु पर्ने बताए । …

पुरा पढ्नुहॊस »

‘नेपालको परराष्ट्र नीति असंलग्न नीतिमा आधारित छ’ : प्रकाशमान सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपालको हितका लागि आवश्यक रहेका कारण पार्टीले प्रतिपक्षमा हुँदा पनि अमेरिकी सहायता परियोजना एमसीसीको वकालत गरेको बताएका छन्। काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत महानगरपालिका–३१ को शंखमुलमा बुधबार बिहान आयोजित बुथ कार्यसमिति गठन समारोह सम्बोधन गर्दै उनले एमसीसी नेपालको हितका लागि आवश्यक भएका कारण वकालत गरिएको बताएका हुन्। ‘एमसीसी नेपालको अर्थतन्त्रलाई टेवा पुर्याउने काममा लगानी हुन थालेका कारण, नेपालको आवश्यकताअनुसार डिजाइन गरेका कारण नेपालको हितमा …

पुरा पढ्नुहॊस »

‘विपक्षी दलले अब समझदारीका आधारमा जिम्मेवार राजनीति गर्नुपर्छ’

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले विपक्षी दल नेकपा (एमाले)ले समझदारीका आधारमा जिम्मेवार राजनीति गर्नुपर्ने बताएका छन्। काभ्रेको धुलिखेलमा आज आयोजना गरेको नेपाली कांग्रेस काठमाडौँ जिल्ला कार्यसमितिको ५०औँ बैठकमा बाेल्दै उनले यस्ताे बताएका हुन् । नेता सिंहले राष्ट्रलाई हित हुने खालका काममा दाता राष्ट्रसँग अनुदान लिएर राष्ट्रिय सहमतिमा नै विकास निर्माणका काममा ध्यान दिनुपर्ने धारणा राखे । उनले सङ्घीय संसदबाट एमसीसी अनुमोदन भइसकेको अवस्थामा सबै पार्टीले राष्ट्र र जनतालाई केन्द्रबिन्दुमा राखेर …

पुरा पढ्नुहॊस »

स्थानीय निकायलाई पदाधिकारीविहीन बनाउने पक्षमा आफू नरहेकाे कांग्रेस नेता सिंहद्वारा स्पष्ट

सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफू स्थानीय निकायलाई पदाधिकारीविहीन बनाउने पक्षमा नरहेको बताएका छन्। नेता सिंहले स्थानीय तहको निर्वाचन संविधानले व्यवस्था गरे अनुसार समयमै हुनुपर्ने पनि स्पष्ट पारे। शनिबार काठमाडौंको चाक्सीबारीस्थित आफ्नै निवासमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले संविधानको मर्म र भावना विपरित कुनै पनि तहको निर्वाचनमा जान नहुने बताए। उनले पाँच वर्ष कार्यकाल पूरा गरेको ६ महिनाभित्र स्थानीय तहको निर्वाचन हुनुपर्छ भन्ने कुरा संविधानमा …

पुरा पढ्नुहॊस »

कुनै पद लिने शर्तमा देउवालाई समर्थन गरेको होइन: नेता सिंह

नेपाली कांग्रेसको जारी महाधिवेशनमा सभापतिका उम्मेदवार रहेर पहिलो चरणबाट बाहिरिएका नेता प्रकाशमान सिंहले आफूले शेरबहादुर देउवालाई विनाशर्त समर्थन गरेको दाबी गरेका छन्। मंगलबार एक विज्ञप्ति जारी गर्दै दोस्रो चरणको निर्वाचनमा आफूले शेरबहादुर देउवालाई समर्थन गरेको विषयमा निश्चित कुनै पदका लागि सम्झौता गरेको भन्ने ढंगका समाचारहरु आएको भन्दै नेता सिंहले त्यस्ता समाचारहरुप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन्। ‘प्रथम चरणको निर्वाचनमा सबैले भन्दा बढी मत प्राप्त गर्नुभएको तथा आफ्नो कार्यशैलीमा परिवर्तन …

पुरा पढ्नुहॊस »