खेल

आज नेपाल जिम्बाब्वेसँग भिड्दै

काठमाडौं । आइसीसी एकविदवशीय विश्वकप छनौटका निम्ति आज नेपाल जिम्बाब्वेसँग भिड्दै  छ। खेल नेपाली समयअुसार दिउँसो सवा एक बजेपछि जिम्बाबेको क्विन्स स्पोर्टस क्लबमा सुरु हुनेछ। टेस्ट राष्ट्रविरुद्ध नेपाली राष्ट्रिय टिमको भिडन्त यो दोस्रो हो । यसअघि टी–२० विश्वकपमा नेपालले बंगलादेशविरुद्ध खेलेको थियो । आज हुने खेलले नेपालको दिशा निर्धारण गर्ने भएकाले नेपाल जित्नै पर्ने  छ ।  

पुरा पढ्नुहॊस »

सन्दिपले रचे अर्को इतिहास,खेल्ने भए क्यारेवियन लिग

काठमाडौँ ।नेपाली राष्ट्रिय क्रिकेट टोलीका  सन्दिप लामिछाने क्रिकेट वेष्ट इण्डिजको आयोजनामा हुने क्यारेवियन  प्रिमियर लिग (सीपीएल) मा अनुबन्धित भएका छन्। उनलाई सीपीएलको सेन्ट किट्स एण्ड नभिस पेट्रियर्सले ५ हजार डलरको बोली लगाएको छ । १७ बर्षीय लेग स्पिनर सन्दिप क्यारेवियन लिग खेल्ने पहिलो नेपाली समेत भएका छन्। उनी यसअघि आइपिएल खेल्ने पहिलो नेपाली क्रिकेटर बनेका थिए। प्रतियोगिता अगष्ट ८ देखि सेप्टेम्बर १६ सम्म क्यारेवियन शहरमा हुनेछ।

पुरा पढ्नुहॊस »

मेयर कपको पहिलो खेलमा मेयर टिम विजयी

रौतह। रौतहट जिल्लाको गौरमा शनिवार देखि शुरु भएको मेयर कप २०७४ को उद्धघाटन तथा पहिलो खेलमा मेयर टिम विजयी भएको छ । पहिलो खेल अन्र्तगत मेयर टिम र गौर नगरपालिका वडा नम्बर १ बिच भएको खेलमा मेयर टिमले वडा नम्बर १ को टिमलाई ७ विकेटले पराजित गरेको हो । टाँस जितेर पहिले क्षेत्ररक्षणको निर्णय गरेको मेयर टिमले विपक्षी वडाको टिमलाई १६.४ आभरमा ५३ रनमा आँल आउट गरेको थियो । ५४ …

पुरा पढ्नुहॊस »

विश्वकप क्रिकेट छनौट खेलमा स्थान सुरक्षित बनाएको नेपाली टोली स्वदेश फर्कियो

काठमाडौं । आइसिसी विश्व क्रिकेट लिग डिभिजन दुईको उपविजेता बन्दै एक दिवसीय विश्वकप क्रिकेटको छनोट चरणमा स्थान सुरक्षित बनाएको नेपाली टोली स्वदेश फर्किएको छ । नेपाली राष्ट्रिय टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्व खेलकुदमन्त्री दलजित श्रीपाइली, नेपाल क्रिकेट संघका पदाधिकारीले स्वागत गरेका थिए । विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्काले आगामी दिनका खेलहरु नेपालका लागि झनै चुनौती बन्दै गएकाले नेपाली क्रिकेटको विवाद समाधान गरी आगामी दिनमा आइपर्ने चुनौतीको सामना …

पुरा पढ्नुहॊस »

प्रथम पर्सागढि गोल्डकप,एपिएफ सामु मकवानपुर निरीह

सिमरा  । पर्साको बढनीयारमा जारी प्रथम पर्सागढि गोल्डकपको आजको खेलमा शसत्र प्रहरीको (एपिएफ) रुद्र बाहिनी गण पथलैया बिजयी भएको छ । मकवानपुर ११, हेटौँडालाई ३–१ गोल अन्तरले पराजीत गर्दै एपिएफ पथलैया खेलको क्वाटरफाईनमा प्रबेश गरेको हो । सुरुवाती समयमा निकै प्रतिस्पर्धात्मक बनेको खेलको १०औँ मिनेटमा मकवानपुरका तर्फबाट १३ नम्बर जर्सीका आशिक बरालले १ गोल गरेका थिए । मकवानपुर १–० ले अग्रता लिएपछि आक्रामक खेलेको एपिएफका तर्फबाट खेलको ४५औँ मिनेटमा जर्सी …

पुरा पढ्नुहॊस »

विशाल र रुविनालाई ‘वर्ष उत्कृष्ट खेलाडी’ अवार्ड

झापा । नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य तथा मनाङ मस्र्याङ्दी क्लबका खेलाडी विशाल राई वर्ष २०७३ को उत्कृष्ट पुरुष खेलाडीका रुपमा पुरस्कृत भएका छन् ।त्यसैगरी ,उत्कृष्ट महिला वर्ष खेलाडीका रुपमा महिला क्रिकेट टोलीकी कप्तान रुविना क्षेत्री पुरस्कृत भइन् ।उत्कृष्ट खेलाडी घोषित भएसँगै उनीहरुले १५ हजार रुपैयाँ पुरस्कार समेत हात पारे । उत्कृष्ट प्रशिक्षकमा नेपाल पुलिस क्लबका क्रिकेटका प्रशिक्षक मनोज कटुवाल पुरस्कृत भए । उत्कृष्ट युवा खेलाडीका रुपमा झापा ११ का …

पुरा पढ्नुहॊस »

नेपालले म्यानमारलार्इ ३सय ३७ रनले हरायो

काठमाडौं । एसीसी यु–१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता अन्तर्गत समूहको अन्तिम खेलमा नेपालले म्यानमार बिरूद्द ३ सय३७ रनको अन्तरले पराजित गरेको छ । थाइल्याण्डमा जारी प्रतियोगिताको समूह चरणका तीनै खेलको  जितसँगै नेपाल समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ । टस जितेर ब्याटिङ गरेको नेपालले ३५.६ ओभरमा ६ विकेट गुमाएर ३५० रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको म्यानमारले १२ औं ओभरमा सबै १० विकेट गुमायो ।

पुरा पढ्नुहॊस »

नेपालद्वारा यूएईसामू २२२ रनको लक्ष्य प्रस्तुत

काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनसिपको अन्तिम चरण अन्तर्गत नेपाल र युएईबीच  पहिलो खेलमा नेपालले युएईलाई २२२ रनको लक्ष्य पेश गरेको छ । टस हारेर ब्याटिङमा आएको नेपालले यूएइको राजधानी अवुधावीस्थित शेख जायेद रंगशालामा ६ विकेट गुमाई २ सय २१ रन बनायो ।नेपालबाट शरद भेषावकरले सर्वाधिक ८१ रन बनाए । घरेलु टोली युएईले केहिबेरमा जवाफी ब्याटिङ गर्नेछ ।  

पुरा पढ्नुहॊस »

नेपाल र युएईबीचको खेल सुरु

काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनसिपको अन्तिम चरण अन्तर्गत नेपाल र युएईबीचको पहिलो खेल सुरु भएको छ । खेल युएइको राजधानी अवुधावी स्थित शेख जायेद रंगशालामा हुँदैछ । नेपालका उपकप्तान ज्ञानेन्द्र मल्ल र विकेटकिपर ब्याट्सम्यान दिलिप नाथले नेपालको ओपनिङ ब्याटिङ गरिरहेका छन् ।

पुरा पढ्नुहॊस »

चीनलाई ५० रनले पराजित गर्दै नेपाल विजयी

काठमाडौं  थाइल्याण्डको बैंककमा जारी आइसिसी महिला विश्व टी-२० एसिया छनोट प्रतियोगिताको अन्तिम खेलमा नेपाल विजयी भएको छ । नेपाली महिला क्रीकेट टोलिले चीन महिला टोलिलाई   ५० रनले  जितेको छ । ट्रेडथाइ क्रिकेट ग्राउन्डमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा आठ विकेट गुमाउँदै एक सय दुई रन बनायो। चीनले १८.२ ओभरमा ५२ रन बनाउँदै अल आउट भयो।

पुरा पढ्नुहॊस »