झापा । नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य तथा मनाङ मस्र्याङ्दी क्लबका खेलाडी विशाल राई वर्ष २०७३ को उत्कृष्ट पुरुष खेलाडीका रुपमा पुरस्कृत भएका छन् ।त्यसैगरी ,उत्कृष्ट महिला वर्ष खेलाडीका रुपमा महिला क्रिकेट टोलीकी कप्तान रुविना क्षेत्री पुरस्कृत भइन् ।उत्कृष्ट खेलाडी घोषित भएसँगै उनीहरुले १५ हजार रुपैयाँ पुरस्कार समेत हात पारे ।
उत्कृष्ट प्रशिक्षकमा नेपाल पुलिस क्लबका क्रिकेटका प्रशिक्षक मनोज कटुवाल पुरस्कृत भए । उत्कृष्ट युवा खेलाडीका रुपमा झापा ११ का डिफेन्डर देवेन्द्र तामाङ पुरस्कृत भए । पिपुल्स च्वाइस् टिममा झापा ११ पुरस्कृत भयो । पूर्व क्रिकेटर तथा नेपाल पुलिस क्लबका प्रशिक्षक मनोज कटुवाल वर्ष उत्कृष्ट प्रशिक्षक बने ।

तपाईंको प्रतिकृया




