काठमाडौं । थाइल्याण्डको बैंककमा जारी आइसिसी महिला विश्व टी-२० एसिया छनोट प्रतियोगितामा नेपालले पहिलो जित हात पारेको छ। शुक्रबार थाइल्याण्डको बैकक स्थित एशिया इस्टिच्युट अफ टेक्नोलोजीमा भएको खेलमा मलेसियालाई ३३ रनले जितेको छ ।
टस हारेर पहिले ब्याटिङ्ग गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउदै १०८ रन बनाएको थियो । ज्योति पाण्डे र सिता राना मगरले पहिलो विकेटको लागि ६६ रनको साझेदारी गरेका थिए । १सय ९ रनको लक्ष्य पछ्याएको मलेसियाले २० ओभरमा ७ विकेटको क्षतिमा ७५ रन मात्र बनाउन सक्यो।
प्रतिकृया दिनुहॊस