सन्दिपले रचे अर्को इतिहास,खेल्ने भए क्यारेवियन लिग

काठमाडौँ ।नेपाली राष्ट्रिय क्रिकेट टोलीका  सन्दिप लामिछाने क्रिकेट वेष्ट इण्डिजको आयोजनामा हुने क्यारेवियन  प्रिमियर लिग (सीपीएल) मा अनुबन्धित भएका छन्।

उनलाई सीपीएलको सेन्ट किट्स एण्ड नभिस पेट्रियर्सले ५ हजार डलरको बोली लगाएको छ । १७ बर्षीय लेग स्पिनर सन्दिप क्यारेवियन लिग खेल्ने पहिलो नेपाली समेत भएका छन्।

उनी यसअघि आइपिएल खेल्ने पहिलो नेपाली क्रिकेटर बनेका थिए। प्रतियोगिता अगष्ट ८ देखि सेप्टेम्बर १६ सम्म क्यारेवियन शहरमा हुनेछ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

नेपालले ओमानलाई ५६ रनले हरायो

काठमाडौं । क्यानडामा जारी त्रिकोणात्मक टि–ट्वान्टी सिरिजमा नेपालले ओमानलाई पराजित गरेको छ । क्यानडाको किङ …

प्रतिकृया दिनुहॊस