महानगरविरुद्ध दोस्रो दिन पनि व्यावसायीको प्रदर्शन

काठमाडौं । काठमाडौं महानगरले न्यूरोड क्षेत्रमा पार्किङ निषेधको निर्णय गरेसँगै यसक्षेत्रका सम्पूर्ण व्यापारीहरू दोस्रो दिन पनि आन्दोलनमा उत्रिएका छन् । मंगलबार बाट पसलको सटर बन्द गरेर आन्दोलनमा उत्रिएका उनीहरूले आज पनि आन्दोलनलाई जारी राखेका छन् ।

धर्मपथ, जुद्ध शालिकदेखि इन्द्रचोक तर्फको सडकखण्ड, खिचापोखरी, महाबौद्ध, वीर अस्पताल वरपरको कालोपत्र सडकमा पार्किङ गर्न नपाइने काठमाडौं महानगरले निर्णय गरेको छ । यस निर्णयले आफूहरूको व्यापारमा कमी ल्याएको भन्दै उनीहरूले आन्दोलन गरेका हुन् । महानगरले निर्णय फिर्ता नलिए निरन्तर आन्दोलन गर्ने चेतावनी व्यवसायीको छ ।

महानगर प्रहरी बल प्रमुख राजुनाथ पाण्डेका अनुसार धर्मपथ, जुद्ध शालिक, इन्द्रचोक, खिचापोखरी, महाबौद्ध, वीर अस्पताललगायत क्षेत्रका सडकमा सवारीसाधन अब पार्किङ गर्न पाइने छैन । महानगरपालिकाले न्युरोडमा रहेको व्यावसायिक मलबाहेक पुरानो बसपार्कमा रहेको काठमाडौं टावरमा निःशुल्क पार्किङको विकल्प दिएको छ ।

महानगरपालिकाले केही समयपछि सुन्धाराको धरहरास्थित तीनतले भूमिगत पार्किङ र काठमाडौं मलको भुइँतलामा पार्किङ खोल्ने भन्दै बानी नपरुन्जेल विरोध हुने दाबी गर्दै आएको छ । महानगरले यसअघि दरबारमार्गमा पनि पार्किङ निषेध गरिसकेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सामाजिक सञ्जाल प्रेस काउन्सिलको निगरानीमा, फेसबुक पेजमा ठेगाना खुल्नुपर्ने

काठमाडौं । प्रेस काउन्सिल नेपालले फेसबुक पेजसहित सामाजिक सञ्जालका समाचार सामग्रीमाथि निगरानी थालेको छ । …

प्रतिकृया दिनुहॊस