व्यावसायीले गरे घरको पाँच तला माथिबाट हामफालेर आत्महत्या

काठमाडौं । कैलालीको धनगढीका एक व्यापारीले घरको पाँच तला माथिबाट हामफालेर आत्महत्या गरेका छन् । धनगढी बसपार्कस्थित सन्दीप स्टोरका सञ्चालक ५३ वर्षीय सन्तोष अग्रवालले आफ्नै घरको पाँच तलाबाट हामफालेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

बुधबार बिहान करिब ११ः२० बजे हामफालेर घाइते भएका अग्रवाललाई तत्काल उपचारका लागि नवजीवन अस्पताल लगिएको थियो । कैलालीका प्रहरी प्रवक्ता डीएसपी कुलदीप चन्दले उपचारको क्रममा अग्रवालको मृत्यु भएको बताए ।

अग्रवालले हाम फालिरहेको दृश्य समेत स्थानीय बासिन्दाले खिच्न भ्याएका थिए । छतको रेलिङबाट केही तल झरेर आत्महत्या गर्न लाग्दा उनलाई तलबाट त्यसो नगर्न आग्रह गरेका थिए । शृङ्गारको व्यवसाय चलाउँदै आएका अग्रवालका पत्नी र दुई छोरा छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

८४ को चुनाव देउवाले गराउनुहुन्छ : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले अहिले नै मन्त्रीमण्डल फेरबदल नहुने बताएका छन् । बिहीबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले प्रधानमन्त्री कार्यकारी हुने व्यवस्थामा मन्त्रीमण्डलमा फेरबदल हुनु सामान्य कुरा भएको बताए । उनले मन्त्री हेरफेरको चर्चाबारे गरिएको प्रश्नमा मन्त्रिपरिषद्मा हेरफेरको कुरा आजसम्म नचलेको दाबी गरे ।

प्रतिकृया दिनुहॊस