सिरहामा समातिए लागुऔषधसहित तीन युवक

काठमाडाैँ । प्रहरीले सिरहाका छुट्टाछुटै स्थानबाट प्रतिबन्धित लागुऔषधसहित तीन युवक पक्राउ गरेको छ। सिरहाको नवराजपुर गाउँपालिका-३ बाट प्रहरीले लागुऔषधसहित लहान नगरपालिका-२ का २५ वर्षीय मोहम्द छटु मियाँ र २३ वर्षीय मोहम्द अमिर मियाँलाई पक्राउ गरेको हो।

प्रहरी चौकी झाझपट्टीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो। उनीहरूका साथबाट डाइजिल्याव ५५ एम्पुल, नोफिन ५५ एम्पुल, फेनरागन ५५ एम्पुल बरामद भएको सिरहा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिए।

यस्तै प्रहरीले सिरहाको बरियारपट्टी गाउँपालिका–३ स्थित हवल्दारचोकबाट लागुऔषधसहित उदयपुरको त्रियुगा नगरपालिका–१० का २० वर्षीय खेमराज विकलाई पक्राउ गरेको छ।

बरियारपट्टीबाट बा२ख नंको यात्रुवाहक बसमा यात्रा गरिरहेको अवस्थामा शंका लागेर जाँच गर्दा विकको साथबाट लागुऔषध नरफिङ नाम लेखिएको आठ थान, फेनरागन नौ थान, डाइजोपाम आठ थान, सिरिन्ज निडिल दुई थान, हुक्का एक थान बरामद भएपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

इलाम-२ मा सुहाङले पछि पारे डम्बर, कसको मत कति ?

काठमाडौं । इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता बनाएका छन् …

प्रतिकृया दिनुहॊस