मझगाउँ विमानस्थलको सम्भाव्यता अध्ययन गरिंदै

कन्चनपुर । झण्डै दुई दशकदेखि बन्द रहेको कञ्चनपुरको मझगाउँ विमानस्थलको सम्भाव्यता अध्ययनका लागि प्राविधिक टोली महेन्द्रनगर पुगेको छ । रियलपात ईन्जिनियरिङ्ग कन्सलटेन्सीको पाँच सदस्यीय प्राविधिक टोली महेन्द्रनगर पुगेको हो ।

टोलीले चार पाँच दिनभित्र प्राविधिक विषयको अध्ययन गरेर नागरिक उड्डयन मन्त्रालयमा प्रतिवेदन बुझाउने जानकारी गराएको छ । ७२ सिटका जहाज संचालनका लागि एक हजार ८ सय ८० मिटरको रनवे आवश्यक पर्ने भएकाले जमिनको व्यवस्थापन हुन सके विमानस्थल संचालनमा आउने प्राविधिकले जानकारी गराएका छन् ।

विमानस्थका लागि झण्डै एक सय ७० विघा जमिन आवश्यक पर्ने र मझगाउँ विमास्थलको ६५ विघा क्षेत्रफल रहेकाले अझै एक सय १० विघा जमिन अधिग्रहण गर्नुपर्ने देखिन्छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बाढीपहिरोमा परी ज्यान गुमाउनेको संख्या २३९ पुग्यो

काठमाडौं । हालैको बाढी–पहिरोमा परी २३९ जनाको मृत्यु भएको छ भने १९ जना बेपत्ता छन् …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds