काठमाडौं । आईएमई जनरल इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । मंगलबार बसेको कम्पनी सञ्चालक समितिको समितिको बैठकले आर्थिक वर्ष २०७६/०७७ को सञ्चित मुनाफबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । कम्पनीले कुल ७.३७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकोमा ७ प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि ०.३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई बीमा समितिले स्वीकृत तथा संस्थाको आगामी वार्षिक …
पुरा पढ्नुहॊस »नेको इन्स्योरेन्सद्वारा विद्यार्थीहरुलाई स्टेशनरी सामान सहयोग
काठमाडौं । नेको इन्स्योरेन्सले आफनो रजत महोत्सवको अवसर पारेर विद्यार्थीहरुलाई स्टेशनरी सामान सहयोग गरेको छ । कम्पनीले निर्माण क्षेत्रमा कार्य गर्ने श्रमिकहरुका बालबालिकालाई संरक्षण दिंदै आएको काठमाडौंको कालोपुलस्थित अर्किड गार्डेन नेपालमा रहेका १५० जना बालबालिकाहरुलाई श्रीपञ्चमीको अवसरमा स्टेशनरी सामान हस्तान्तरण गरेको हो । उक्त स्टेशनरी सामान कम्पनीका प्रमुख कार्यकारी अधिकृत अशोक कुमार खड्काले बालबालिकाहरुलाई स्टेशनरी सामान प्रदान गरे ।
पुरा पढ्नुहॊस »महालक्ष्मी लाइफले ६० कराेडकाे शेयर निष्काशन गर्ने
काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड सर्वसाधारणको लागि छुट्टाइएको ६० करोड रूपैयाँ बराबरकाे शेयर निश्काशन गर्ने निर्णय गरेको छ । कम्पनीकोको समेमबार सम्पन्न तेस्रो वार्षिक साधारण सभाले यस्तो निर्णय गरेको हो । सभामा अध्यक्ष मनोरञ्जन रमण शर्माले वार्षिक प्रतिवेदन पेश गर्दै कम्पनीको बर्तमान वित्तीय स्थिति र भावी कार्यक्रम सम्बन्धमा प्रकाश पारे । कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले स्वागत मन्तव्य व्यक्त गर्दै जीबन बीमा क्षेत्रको अवस्था र समस्या बारेमा …
पुरा पढ्नुहॊस »प्रभु इन्स्योरेन्सकाे लाभांश प्रस्ताव
काठमाडाैँ । प्रभु इन्स्योरेन्सले आर्थिक वर्ष ७६/७७ को लागि लाभांश प्रस्ताव गरेको छ । कम्पनीको माघ २९ गते बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको १० प्रतिशतल हुन आउने १० करोड ५६ लाख २७ हजार ४ सय ८४ रुपैयाँ बराबरको बोनस शेयर र ०.५३ प्रतिशतले हुन आउने ५५ लाख ५९ हजार ३ सय ४१ रुपैयाँ बराबरको नगद लाभांश गरि कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । याे …
पुरा पढ्नुहॊस »नेपाल लाइफको खुद नाफा २२.४७ प्रतिशतले वृद्धि
काठमाडौं । नेपाल लाइफ इन्सुरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा खुद नाफा २२.४७% बढाउन सफल भएको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्म ३५ करोड ९ लाख रुपैयाँ खुद नाफा गरेको कम्पनीले ७ करोड ८८ लाख रुपैयाँले वृद्धि गरी ४२ करोड ९७ लाख रुपैयाँ पुर्याएको छ । गत वर्ष यसले १३ अर्ब ९१ करोड रुपैयाँमात्रै खुद बिमा शुल्क आर्जन गरेको थियो । यसअवधिमा नेपाल लाइफको जीवन बिमा कोषको आकार ३०.५३% ले …
पुरा पढ्नुहॊस »लाेकप्रिय बन्दै शिखर इन्स्योरेन्सको अटो प्लस बीमा योजना
काठमाडौं । शिखर इन्स्योरेन्सले मंसिर २९ गतेबाट सुरु गरेको ‘अटो प्लस’ बीमा योजना लोकप्रिय बन्दै गएको कम्पनीले जनाएको छ । विश्व नै कोरोना महामारीले थलिएको बेलामा पनि सर्बसाधारणका लागि लाभदायी होस् भन्ने हेतुले शिखरले सार्वजनिक गरेकोे अटो प्लस नामको बीमा योजना ल्याएको थियो । सवारी साधन अतिरिक्त लाभ पाउने गरी थालनी गरिएको अटो प्लस बीमा योजनाअन्तर्गत ह्रास कट्टी हटाउने, नयाँ सवारी साधन पुनस्र्थापना र दैनिक सवारी भाडा/यातायात खर्च गरी तीन …
पुरा पढ्नुहॊस »नेपाल लाइफको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाई नियुक्त
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाई नियुक्त भएका छन् । माघ २७ गते बसेको कम्पनीको सञ्चालक समितिले इन्स्योरेन्सको कार्यवाहक सीईओ प्रसाईलाई सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो । संचालक समितिले उनको नियुक्तीसँगै कम्पनीले नयाँ उचाई लिने विश्वस व्यक्त गरेको छ । विगत ३.५ वर्षदेखि नेपाल लाइफसँग आवद्ध रहेका प्रसाईले साउन १ गतेदेखि कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका थिए ।
पुरा पढ्नुहॊस »महालक्ष्मीले ल्यायो ‘महालक्ष्मी धनधान्य’ पोलिसी
काठमाडौँ । कान्छो जीवन बिमा कम्पनी महालक्ष्मी लाइफ इन्स्योरेन्स सञ्चालनको तेस्रो वर्षमा प्रवेश गरेको छ । ०७५ माघ २७ गतेबाट बिमा कारोबार सुरु गरेको महालक्ष्मी लाइफले कारोबार सञ्चालनको दुई वर्ष पूरा गरेको हो । व्यापार वृद्धि गरी आफूलाई अब्बल देखाउने होड र अस्वस्थ प्रतिस्पर्धाबीच स्वस्थ व्यापार गर्नु आफैँमा ठूलो चुनौती अवस्था छ । अर्कोतर्फ, कोभिड–१९ को कारण लामो समय भोग्नुपरेको सामाजिक तथा आर्थिक कठिनाइले गर्दा समग्र क्षेत्रमा प्रतिकूल प्रभाव पर्यो …
पुरा पढ्नुहॊस »अजोड इन्स्योरेन्स र मिग होल्डिङ्सबीच सम्झौता
काठमाडौं । अजोड इन्स्योरेन्स र मिग होल्डिङसबीच सामुहिक दुर्घटना बीमा सम्बन्धि सम्झौता भएको छ । सम्झौता पत्रमा अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र मिग होल्डिङसका प्रमुख कार्यकारी अधिकृत सुमन थापाले हस्ताक्षर गरेका छन् । सम्झौतासँगै अजोड इन्स्योरेन्सडबाट मिग होल्डिङसका सम्पूर्ण कर्मचारीहरु तथा लगानीकर्ताहरुले सामुहिक दुर्घटना बीमा सम्वन्धी सेवा सुविधा अजोड इन्स्योरेन्सबाट लिन सकिने मिग होल्डिङसले जनाएको छ ।
पुरा पढ्नुहॊस »प्रभु लाइफले गर्याे ५० लाखकाे मृत्युदाबी भुक्तानी
काठमाडौं। प्रभु लाइफ इन्स्योरेन्सले ५० लाख मृत्युदाबी भुक्तानी गरेको छ । कम्पनीले मृत्यु भएका महोत्तरी जिल्ला हतिसर्वाका सुरेश प्रसाद यादवकी श्रीमती अनुराधा कुमारी यादवलाई जीवन बीमा मृत्यु दाबी बापत ५० लाख भुक्तानी गरेकाे हाे । उनको मृत्यु भएकाले परिवारबाट मृत्यु दाबी भुक्तानीका लागि सम्पूर्ण प्रकृया पूरा गरेपछि माघ १६ गत ५० लाखको बैंक चेक अनुराधालाई हस्तान्तरण गरिएको हो ।
पुरा पढ्नुहॊस »