सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ३० करोड ८७ लाख रुपैयाँ लाभांश वितरण गर्ने

काठमाडौँ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले आफ्ना सेयरधनीलाई ३० करोड ८७ लाख २० हजार ४ सय ८९ रुपैयाँ लाभांश वितरण गर्ने भएको छ । कम्पनीको १९ औं सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको उक्त रकम लाभांशमार्फत वितरण गर्ने प्रस्ताव गरेको हो ।

हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब ८० करोड ६५ लाख ४९ हजार ९०० रुपैयाँ छ । यसको ११ प्रतिशतले हुन आउने ३० करोड ८७ लाख रुपैयाँभन्दा बढी नगद लाभांस (करसहित) वितरणको प्रस्ताव गरेको हो ।

सञ्चालक समितिको बैठकले गरेको प्रस्ताव नेपाल बीमा प्राधिकरणले स्वीकृत गर्नुपर्ने छ । यस्तै, कम्पनीको आगामी वार्षिक साधारणसभाले समेत पारित गरेपछि लागू हुनेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सन नेपालको हकप्रद शेयरको बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग नियुक्त

काठमाडाैं । सन नेपाल लाइफ इन्स्योरेन्सले हकप्रद निष्काशन गर्नको लागि बिक्री प्रबन्धक चयन गरेको छ …

प्रतिकृया दिनुहॊस