एसियन लाइफ इन्स्योरेन्सले १ अर्ब ४२ करोड रुपैयाँ बराबरको हकप्रद जारी गर्ने

काठमाडौँ । एसियन लाइफ इन्स्योरेन्सले १ अर्ब ४२ करोड रुपैयाँ बराबरको हकप्रद (राइट सेयर) जारी गर्ने भएको छ । नेपाल बीमा प्राधिकरणको निर्देशन अनुसार कम्पनीको चुक्तापुँजी ५ अर्ब रुपैयाँ पुर्याउनका लागि कम्पनीले बोनस सेयर वितरण पश्चात कायम हुने चुक्ता पुँजीको ४२ प्रतिशत हकप्रद जारी गर्ने भएको हो ।

कम्पनीको माघ १९ गते बसेको सञ्चालक समितिको १८९ औं बैंठकले आर्थिक वर्ष २०७९÷८० को सञ्चित नाफाबाट प्रस्तावित लाभांश वितरण पश्चात कायम हुने चुक्तापुँजीको ४२ प्रतिशत हकप्रद जारी गर्ने निर्णय गरेको हो । हाल कम्पनीको चुक्तापुँजी ३ अर्ब १५ करोड ५३ लाख ५१७ रुपैयाँ रहेको छ ।

जसमा बोनस सेयर बापत ७.७५ प्रतिशत (२४ करोड ४५ लाख ३५ हजार ७९० रुपैयाँ) र कर प्रयोजन बापत ०.७५ प्रतिशत (१ करोड २८ लाख ७० हजार ३०५ रुपैयाँ) वितरणपछि कम्पनीको कूल चुक्तापुँजी ३ अर्ब ३९ करोड ९८ लाख ३६ हजार ३०७ रुपैयाँ पुग्नेछ ।

यसमा थप ४२ प्रतिशत अर्थात् १ अर्ब ४२ करोड ७९ लाख ३१ हजार २४८ रुपैयाँ ९४ पैसा बराबर हकप्रद जारी भएपछि कम्पनीको चुक्ताुँजी ४ अर्ब ८२ करोड ७७ लाख ६७ हजार ५५५ रुपैयाँ ९४ पैसा पुग्नेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सन नेपालको हकप्रद शेयरको बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग नियुक्त

काठमाडाैं । सन नेपाल लाइफ इन्स्योरेन्सले हकप्रद निष्काशन गर्नको लागि बिक्री प्रबन्धक चयन गरेको छ …

प्रतिकृया दिनुहॊस